― Advertisement ―

HomeLatest newsदाङ क्षेत्र नम्बर १ बाट कांग्रेसका ४ उम्मेदवार सिफारिस

दाङ क्षेत्र नम्बर १ बाट कांग्रेसका ४ उम्मेदवार सिफारिस



२४ मंसिर, दाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट कांग्रेसले प्रत्यक्षतर्फ चार जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरी, महासमिति सदस्यद्वय जानकीलाल बस्नेत, कमल किशोर घिमिरे र महाधिवेशन प्रतिनिधि प्रदीपराज शर्माको नाम सिफारिस भएको हो । जेनजी पुस्तालाई समेट्ने गरी प्रतीक्षा चौधरीको नाम पनि सिफारिस गरिएको छ ।

यसैगरी समानुपातिकतर्फ ९ जना सिफारिसमा परेका छन् । सिफारिसमा पर्नेहरुमा कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, देवका बेल्बासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर विक, कृष्ण गिरी र पवन नेपाली रहेका नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिए ।





Read More