― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsदाङमा यसवर्ष धान उत्पादन बढ्यो – KhabarHost

दाङमा यसवर्ष धान उत्पादन बढ्यो – KhabarHost


राष्ट्रिय

समाचार.

  • दाङमा यसवर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ, जुन गत वर्षभन्दा तीन दशमलव ०६२ प्रतिशत बढी हो।
  • यस वर्ष ३६ हजार ४८१ हेक्टर जमिनमा धानखेती गरिएको थियो, जुन गत वर्षको ३६ हजार १०८ हेक्टरभन्दा बढी हो।
  • धान उत्पादन बढ्नुमा सुधारिएको बीउ, रासायनिक मलको सहज उपलब्धता र लगातार वर्षाले मुख्य भूमिका खेलेको छ।

९ मंसिर, दाङ। दाङमा यसवर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार जिल्लाभर खेतीयोग्य जमिन ३९ हजार ४०० हेक्टर रहेकामा यस वर्ष ३६ हजार ४८१ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो।

गत वर्ष जिल्लामा ३६ हजार १०८ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएकामा एक लाख ७८ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो ।

त्यस्तै २०८० सालमा ३५ हजार १८४ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट एक लाख ५८ हजार ३२८ मेट्रिकटन धान उत्पादन भएको कार्यालयबाट प्राप्त तथ्याङ्कमा उल्लेख छ ।

सूचना अधिकारी लामिछानेका अनुसार उत्पादन बढ्नुमा धानखेती यस वर्ष धेरै क्षेत्रफल जमिनमा लगाउनु, बीउमा सुधार, ढिलो वर्षा भए पनि लगातार वर्षा हुनु र पछिल्लो समयमा धानबाली स्याहार गर्ने बेला परेको पानीले खासै धानखेतीमा असर नगरेकाले उत्पादन बढेको हो ।

त्यस्तै विगतका वर्षको तुलनामा यस वर्ष रासायनिक मलको उपलब्धतामा सहजता, हाइब्रिड र उन्नत जातको बीउको प्रयोग धैरै भएकाले उत्पादन बढेको हो। कार्यालयले दिएको जानकारीअनुसार यस वर्ष हाइब्रिड बीउ ६५ प्रतिशत, ३५ प्रतिशत उन्नत र पाँच प्रतिशत स्थानीय रैथाने जातको धान रोपिएको थियो।

सबैभन्दा धेरै युएस ३१२, एआरआई ६४४४, एमपी ३०३०, एचजेजी १०, जेके ५०१७, उपज, राजा, क्याम्पियन जातको हाइब्रिड धान रोपिएको थियो। त्यस्तै उन्नततर्फ सावाँ मन्सुली, हर्दिनाथ ६, रामधान, राधा–४, सुक्खा–१, २, ३, ४, गङ्गोत्री, सावित्रीलगायतका जातका धान लगाएको थियो।

त्यसैगरी दाङको स्थानीय रैथाने धानमा तिल्की र सिम्ठारो धान पनि खेती गरिएको थियो । यसैबीच खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष देउखुरी क्षेत्रका लमही, गढवा र राप्ती गाउँपालिकाका किसानहरुले उत्पादन गरेको धान खरिद सुरु गरेको छ।

कार्यालयका प्रमुख तुलमायाँ लोवाले जिल्लाका स्थानीय तहबाट ५०० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको जानकारी दिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More