― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले क्यालिफोर्नियाको पानीको उपयोगिताको उल्लङ्घन गरे जसले लाखौंलाई सेवा दियो र उनीहरूले अनलाइन भेट्टाएका सबै कुरा प्रकाशित गरे।

इरानी haaker र 5GB पानी पहुँच गर्ने दुई प्रणाली डाटाएक कमजोर सुरक्षित GPS उपकरणले आक्रमणकारीहरूलाई Cal वाटर भित्र सिधा बाटो दियोसात क्यालिफोर्निया जिल्लाहरूको लागि...
HomeLatest newsदाङमा नेकपाको एकता सन्देश सभा सुरु (तस्वीरहरू) – KhabarHost

दाङमा नेकपाको एकता सन्देश सभा सुरु (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपाले दाङको देउखुरीमा लुम्बनी प्रदेशस्तरीय एकता सन्देश सभा सुरु गरेको छ।
  • नेकपाका संयोजक पुष्पकमल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले सभालाई सम्बोधन गर्नेछन्।
  • नेकपाले सातै प्रदेशका ठूला शहरमा एकता सन्देश सभा आयोजना गर्ने तयारी गरिरहेको छ।

१३ मंसिर, काठमाडौं । दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ ।

शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले शनिबार दाङको देउखुरीमा लुम्बनी प्रदेशस्तरीय सभा आयोजना गरेको हो ।

एकता सन्देश सभालाई नेकपाका संयोजक पुष्पकमल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामा वामदेव गौतम, भीम रावल, वर्षमान पुन लगायतका नेताहरू पनि पुगेका छन् ।

१९ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित एक दर्जन वाम घटकबीच एकता घोषणा गरिएको थियो ।

पार्टी एकीकरणको सन्देश दिन भन्दै नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबारदेखि प्रदेशस्तरीय एकता सन्देशसभा गर्न थालेको छ ।

सातै प्रदेशका ठूला शहरमा एकता सन्देश सभा गर्ने तयारी गरेको नेकपाले भोलि गण्डकी प्रदेशको पोखरामा, १५ मंसिरमा कोशी प्रदेशको विराटनगरमा सभा आयोजना हुनेछ ।

यसैगरी १७ मंसिरमा उपत्यका विशेष प्रदेश अन्तर्गत काठमाडौंमा, १८ मंसिरमा कर्णाली प्रदेशको सुर्खेतमा, १९ मंसिरमा संघीय समन्वय प्रदेश अन्तर्गत काठमाडौंमा, २० मंसिरमा मधेश प्रदेशको जनकपुरमा, २१ मंसिरमा प्रवास प्देशहरूको संयुक्त भर्चुअल कार्यक्रम आयोजना हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More