― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsदल दर्ताको सनाखत गर्न काठमाडौं आए हर्क, भने- एक्लै कुदेर नहुँदो रैछ

दल दर्ताको सनाखत गर्न काठमाडौं आए हर्क, भने- एक्लै कुदेर नहुँदो रैछ



१ कात्तिक, काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका साम्पाङ भौतिक रुपमा सनाखत गर्नुपर्ने भएकाले काठमाडौं आएका हुन् ।

उनले शनिबार साँझ काठमाडौं आइपुग्नासाथ यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् । साम्पाङले गत १२ असोजमा ‘राष्ट्रिय संस्कृति पार्टी’ नाम दिएर दल दर्ताको निवेदन दिएका थिए ।

सोही प्रक्रिया अन्तर्गत निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थित भएर सनाखत गर्नका लागि आफू काठमाडौं आएको जानकारी गराए ।

‘राजनीतिक दल स्थापनार्थ हामीले विभिन्न अभियानहरू गरिरहेका छौं । निर्वाचन आयोगमा भौतिक रुपमा उपस्थिति भएर सनाखत गर्नुपर्ने भएकाले आएका हौं,’ मेयर साम्पाङले भने ।

आफू करिब १५ वर्षसम्म एक्लै हिँडेको तर एक्लै हिँड्दा सहज नहुने देखिएपछि दल दर्ता गरिएको पनि साम्पाङले बताएका छन् ।

‘अब हामी एक्लै कुदेर भएन । १५ वर्ष जति एक्लै कुदियो,’ साम्पाङले भने, ‘एक्लै हुँदा सबै आफैंले गर्नुपर्ने रहेछ । त्यही भएर हामीले टिम नै बनाइरहेका छौं ।’

खानेपानीको मुद्दा बोकेर हिँडेका साम्पाङ गत स्थानीय तह निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर निर्वाचित गरेका थिए ।

मेयर निर्वाचित भएयता उनी खानेपानी आयोजना निर्माणमा सक्रिय छन् । धरानमा साम्पाङले ‘श्रमदान’ अभियान नै चलाएका थिए ।

उनी सामाजिक सञ्जालमा पनि अत्यन्तै सक्रिय रहन्छन् ।

यसैबीच पछिल्लो समय जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको नेतृत्व चयनको बेलामा पनि साम्पाङ काठमाडौं आएका थिए ।

उनले सरकारको नेतृत्व आफैं गर्ने समेत बताएका थिए । नेपाली सेनाको मुख्यालयमा समेत पुगेका साम्पाङ सरकारमा समावेश नभएपछि धरान फर्किएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More