― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest newsदलहरूसँग संवाद गर्न ‘फोकल पर्सन’ तोक्ने प्रधानमन्त्रीको तयारी

दलहरूसँग संवाद गर्न ‘फोकल पर्सन’ तोक्ने प्रधानमन्त्रीको तयारी



१ मंसिर, काठमाडौं । चुनाव मिति नजिकिँदै गए पनि माहोल बन्न नसकिरहेको बुझाइकाबीच सरकारले पुराना र नयाँ राजनीतिक दलहरूसँग छलफल गर्न मन्त्री तोक्ने तयारी गरेको छ । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले हाल क्याबिनेटमा रहेका मन्त्रीमध्ये वरिष्ठतम कुनै एक मन्त्रीलाई दलहरूसँग सम्पर्क गर्ने फोकल पर्सन् तोक्ने मनस्थिति बनाएकी छन् ।

२१ फागुनको चुनाव सुनिश्चितताका लागि कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल वा उद्योगमन्त्री अनिल सिन्हामध्ये एकलाई उक्त गृहकार्यको जिम्मेवारी दिने तयारी गरेको बुझिएको छ । भन्नलाई सबैजसो दलसँग कुरा गर्ने भनिए पनि फोकल पर्सनको खास उद्देश्य जेनजी आन्दोलनपछि सत्ताबाट धकेलिएका कांग्रेस–एमाले, अनि त्यस बेलाको विपक्षी माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) लाई विश्वासमा लिने हुने छ ।

‘दलका केही नेताले अतिरन्जित अभिव्यक्ति दिए पनि चुनावको विकल्प छैन,’ ती मन्त्रीले भने, ‘हामीमध्ये कोही एक व्यक्तिले दलसँग सम्पर्क गर्ने जिम्मेवारी पाउनेछ । क्याबिनेटबाट डिसिजन् गरिने सम्भावना छ ।’

निर्वाचन आयोगले गरिरहेको तयारी सन्तोषजनक रहेको भए पनि त्यो प्राविधिक पक्षमात्रै भएको, राजनीतिक विश्वास जागृत गर्न बाँकी रहेको नागरिक अगुवाको सुझाव सोमबार सरकारले पाएको थियो । अगुवाहरूले प्रधानमन्त्रीलाई भेटेर दलहरूसँग विश्वासको वातावरण नबनेकोतर्फ संकेत गर्दै तुरुन्त संवाद थाल्न माग गरेका थिए ।

प्रधानमन्त्री कार्कीले सुरुका दिनहरूमा कांग्रेस, एमाले र माओवादीका शीर्षस्थ नेतासँग आफैं संवाद गर्ने सोच नरहेको बताएसँगै सरकार–दल संवादशून्यताको अनुभूति भएको थियो । पार्टीको नेतृत्व छाड्नुपर्ने दबाबमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले भने आक्रोशलाई सरकारतिरै पन्छाउन खोजेका थिए । उनले आफूलाई नै फेरि प्रधानमन्त्रीमा खोजिने दाबी समेत गर्दै यो ससरकारले चुनाव नगराउने दाबी गरेका थिए ।

गृहमन्त्री अर्यालले एमाले र कांग्रेस लक्षित दिएका टिप्पणीहरूलाई दलहरूले प्रतिवाद गरे पनि अहिले उनी आफैं सम्बन्ध सुधारको प्रयासमा छन् । अर्याल लक्षित कडा टिप्पणी गरिरहेका सत्ताच्युत एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा नरम बोली बोल्न थालेका छन् ।

प्रधानमन्त्रीले उर्जामन्त्री कुलमान घिसिङलाई दलहरूसँग छलफल गर्न सक्ने सम्भावित पात्रमध्ये एक ठाने पनि उनी स्वयं दल खोलेर अघि बढिसकेकाले प्रधानमन्त्रीले वैकल्पक पात्रबारे परामर्श गरिरहेकी हुन् । खनाल र सिन्हामध्ये एकलाई फोकल पर्सन तोकिने सम्भावना बढ्ता रहेको सरकारी पक्षलेब बताएको छ ।

एमाले अध्यक्ष ओलीसहित उनी निकटका नेताहरूले चुनावी वातावरण नरहेको अभिव्यक्ति दिइरहेका छन् । उनीहरूले संसद पुनर्स्थापना माग गर्दै प्रदर्शन कार्यसूची तयार गरेका छन् ।

एमाले महासचिव शंकर पोखरेलले रुपन्देहीमा सोमबार बोल्दै वर्तमान सरकार चुनाव गराउनका लागि नबनेको जिकिर गरे । पोखरेलले आरोप लगाउँदै भने, ‘‘नहुने निर्वाचनको पार्टीले पैरवी किन गर्ने रु’– पोखरेलले आरोप लगाए–‘सरकारका क्रियाकलाप निर्वाचन गर्नेतर्फ छैनन्, निर्वाचन आयोगले भन्दैमा चुनाव हुन्न ।’

एमालेभित्र चुनावमा जानुपर्ने मत बलियो बन्दै गरेका बेला ओली पक्ष भने जेनजी विद्रोहको म्यान्डेट कार्यान्वयनतर्फ नभई आफ्नो शक्ति पुनर्स्थापित गर्न संसदकै बाटो हिँड्न खोजेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कार्यभार नेता पूर्णबहादुर खड्कालाई सुम्पँदै सिंगापुर गए पनि ओलीले उनलाई तारन्तार सम्पर्क गर्दै कन्भिन्स गर्न खोजेका थिए ।

देउवा काठमाडौं ओर्लिसकेका छन् । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यदि, नत्र नभनी चुनावतिर जानुपर्ने कार्यदिशा देखाए पनि कांग्रेसभित्र चुनाव होइन, पुनर्स्थापनाको नारा बलियो बन्न खोज्दै छ । विगतका सांसदको हस्ताक्षर संकलन समेत सुरु भएको छ ।

सरकारले तत्कालीन संसदका दुई ठुला दलले देखाएको कार्यशैलीलाई नोटिसमा लिएको मन्त्रीहरूले हामीसँग भनेका छन् । तर पछिल्लो जनादेश चुनाव नभई आन्दोलनबाट व्यक्त भएकाले अब त्यसै मार्गमा देश हिँड्ने सरकारी बुझाई छ ।

एमाले अध्यक्ष ओलीले यो सरकार कसको हो भनी सोधेको प्रश्नमा शिक्षामन्त्री महावीर पुनले भनेका छन्, ‘यो सरकार उहाँहरूको नहोला, तर आन्दोलनबाट आएको त हो । यसले चुनाव गराउँछ । सुरक्षा चुनौती छैन । दलहरूलाई विश्वासमा लिने प्रयास अब अझै अघि बढ्छ । अरु दायाँबायाँ कुरा छैन ।’

पुनले जेनजी प्रदर्शनले फ्रेस म्यान्डेटका लागि ढोका खोलेकाले दलहरूसँग यसै आधारमा छलफल गरिने जानकारी दिए ।

कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले देश चुनावको एजेन्डामा हिँडिसकेको भन्दै कांग्रेसभित्रको मतभेद सामान्य रहेको बताएका छन् । उनले चुनावलाई लक्षित गर्दै आफ्नो पार्टीले त्यसअघि नै विशेष महाधिवेशन गरिसक्ने जानकारी दिए ।

‘समयको दबाब आइसक्यो, हामी चुनावमा जानेमा शंका छैन । महाधिवेशन त्यसपछ िसारौं भन्ने प्रस्ताव सही छैन,’ उनले भनेका छन्, ‘कांग्रेसको चुनावलाई लिएर संशय छैन ।’

दलहरूको विश्वास लिन सरकारले थप गृहकार्य गनुपर्ने तर्क कांग्रेस नेता मन्सुरको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More