― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsदर्शक भेट्न हल-हलमा प्रकाश र परीक्षा – KhabarHost

दर्शक भेट्न हल-हलमा प्रकाश र परीक्षा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिल्म ’सोल्टिनी’ तिहारको अवसरमा बिहीबारदेखि प्रदर्शनमा आएको छ र कलाकारले दर्शक भेट्न विभिन्न सिनेमा हलमा पुगेका छन्।
  • प्रकाश सपुत, परीक्षा लिम्बु र सुन्दर धितालले शुक्रबार बिहानदेखि दर्शक प्रतिक्रिया लिएर क्यूएफएक्स भक्तपुर हलमा साक्षात्कार गरे।
  • ’सोल्टिनी’ अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो जसको निर्देशन अर्जुन सुवेदीले गरेका हुन् र यसमा विल्सनविक्रम राई लगायत कलाकारको अभिनय छ।

भक्तपुर । तिहारको अवसर पारेर बिहीबारदेखि प्रदर्शनमा आएको फिल्म ’सोल्टिनी’ का कलाकार दर्शक भेट्न सिनेमा हलमा पुगेका छन् ।

शुक्रबार बिहानदेखि प्रकाश सपुत, परीक्षा लिम्बु र सुन्दर धितालसहितका कलाकारले विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिए ।

बेलुका उनीहरू क्यूएफएक्सको भक्तपुर भाटभटेनीस्थित हलमा भेटिए । जहाँ, उनीहरूले दर्शकसँग साक्षात्कार गरे ।

त्यसक्रममा दर्शकले फिल्म मन परेको बताए । कथावस्तु र कलाकारको अभिनय मन परेको दर्शकले प्रतिक्रिया दिए ।

’सोल्टिनी’ अन्तरजातीय प्रेमकथामा आधारित फिल्म हो, जसले प्रेम, परम्परा र संस्कृतिको कथा प्रस्तुत गर्छ । यसको निर्देशन अर्जुन सुवेदीले गरेका हुन् ।

’सोल्टिनी’ मा विल्सनविक्रम राई, प्रेम सुब्बा, सुन्दर धिताल, रविन्द्र झा, प्रकाश घिमिरे, कविता आलेलगायतका कलाकारको पनि अभिनय छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More