― Advertisement ―

एक चिनियाँ एआईले एक दशक पुरानो गणितको समस्यालाई शून्य मानव सहयोगमा ८० घण्टामा हल गरेर प्रमाणित गरेको छ ।

एआईसँगको स्वचालित समाधान 2014Rethlas ले मानव गणितज्ञले जस्तै समस्या समाधान गर्ने रणनीतिहरू अन्वेषण गर्दछArchon ले सम्भावित प्रमाणहरूलाई लीन 4 प्रमाणिकरणकर्ताका लागि परियोजनाहरूमा रूपान्तरण गर्दछपेकिङ...
HomeLatest newsदरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ – KhabarHost

दरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ – KhabarHost



८ कात्तिक, काठमाडौं । जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका-३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो ।

गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ ।

उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More