― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest newsत्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि जोडियो बिजुली

त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि जोडियो बिजुली



काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको लाइन जोडिदिएको छ ।

बक्यौताको पहिलो किस्ताको रकम तिरेपछि विहीबार साँझ बिजुलीको लाइन जोडिदिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

बक्यौता रकम नतिरेको भन्दै ४ कात्तिकमा सो उद्योगमा बिजुलीको लाइन काटिएको थियो ।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार  रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More