― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsत्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता सुरु – KhabarHost

त्रिवि उपकुलपति कप खेलकुद प्रतियोगिता सुरु – KhabarHost


राष्ट्रिय

समाचार.

  • त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित उपकुलपति कप खेलकुद प्रतियोगिता माघ १४ देखि १८ गतेसम्म काठमाडौंमा सुरु भएको छ।
  • प्रतियोगितामा ३८ आंगिक क्याम्पसका १,३४० विद्यार्थी खेलाडी र २८० भन्दा बढी प्रशिक्षक, निर्णायक सहभागी छन्।
  • प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले माघ २२–२३ मा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिविको प्रतिनिधित्व गर्नेछन्।

१४ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित उपकुलपति कप खेलकुद प्रतियोगिता २०८२ सुरु भएको छ । माघ १४ देखि १८ गतेसम्म चल्ने प्रतियोगिता शिक्षाध्यक्षको कार्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आयोजना गरिएको हो ।

उद्घाटन समारोहको अध्यक्षता विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक उप–प्राध्यापक डा. दीपेन्द्र पराजुलीले गरे । औपचारिक उद्घाटन त्रिवि सेवा आयोगका अध्यक्ष प्रा. डा. घनश्याम भट्टराईले ओलम्पिक ज्योतिको प्रतीकस्वरूप दियो प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा सहभागी टोलीहरूको मार्चपास, राष्ट्रिय गान र खेलाडीहरूको शपथ ग्रहण गरिएको थियो ।

कार्यक्रममा बोल्दै डा. पराजुलीले सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक र अतिथिलाई स्वागत गरे । उनले प्रतियोगिताको उद्देश्य, खेलका प्रकार र खेलस्थलबारे जानकारी दिए ।

उनले निर्देशनालयले अतिरिक्त क्रियाकलापलाई क्रेडिट–आधारित प्रणालीमा विकास गर्ने तयारी भइरहेको बताए । साथै, विद्यार्थी, शिक्षक र कर्मचारीका लागि सुरु गरिएको स्वास्थ्य उपचार कार्यक्रम र त्रिविका शिक्षक–अनुसन्धानकर्ताहरू विश्वका शीर्ष वैज्ञानिकहरूको सूचीमा परेकाले विश्वविद्यालयको शैक्षिक स्तर उच्च रहेको बताए ।

डा. पराजुलीका अनुसार प्रतियोगितामा त्रिविका ३८ आंगिक क्याम्पसबाट १,३४० विद्यार्थी खेलाडी सहभागी छन् भने २८० भन्दा बढी प्रशिक्षक, टोली व्यवस्थापक, निर्णायक तथा प्राविधिक जनशक्ति संलग्न छन् ।

उद्घाटन समारोहमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने खेल सामग्री हस्तान्तरण पनि गरिएको थियो । प्रमुख अतिथि प्रा. डा. घनश्याम भट्टराईले यस स्तरको प्रतियोगिता आयोजना गरेकोमा निर्देशनालयको प्रशंसा गरे र सफलताको शुभकामना दिए ।

उद्घाटनपछि आज अपराह्न ३ बजेपछि खेलहरू सुरु भएका छन् । प्रतियोगितामा भलिबल, बास्केटबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिस गरी पाँच खेल समावेश छन् ।

यस प्रतियोगिताबाट छनोट हुने खेलाडीहरूले माघ २२–२३ मा काठमाडौंमा हुने विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिविको प्रतिनिधित्व गर्नेछन् ।

उत्कृष्ट खेलाडीहरू फिसुलगायत अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि समेत योग्य हुनेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More