― Advertisement ―

‘धेरै संस्थाहरूसँग AI लगानी समस्या छैन, तिनीहरूसँग डाटा समस्या छ’: नयाँ अध्ययनले चेतावनी दिन्छ कि पूर्वाधार मागहरू वास्तवमै एआईलाई पछाडि समातिरहेको हुन सक्छ।

कन्फ्लुएन्ट वा रिसर्चको बारेमा फर्महरू छन्। लगानीहरू - महत्वाकांक्षाहरू त्यहाँ छन्बरु, कम्पनीहरूले लिगेसी डेटा प्रणालीहरूसँग संघर्ष गरिरहेका छन्हामीलाई थाहा थिएन कि हामीलाई त्यसबेला निरन्तर...
HomeLatest newsत्रिविको दीक्षान्त भोलि रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुने

त्रिविको दीक्षान्त भोलि रंगशालामा, ८९ हजार विद्यार्थी दीक्षित हुने



९ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह (बिहीबार) भोलि हुँदैछ । समारोह त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार यो वर्ष ८९ हजार १९९ विद्यार्थी दीक्षित हुँदैछन् । ‘तयारी पूरा भएको छ । अब भोलि समारोहको आयोजना हुने छ,’ उनले भने ।

त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ ।

जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् । आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् ।

साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । दीक्षान्तमा एक जना विद्यार्थीको दुई अभिभावक आउन सक्छन् । रंगशालामा विद्यार्थी र अभिभावक गरि करिब ५० हजारको हाराहारीमा उपस्थित त्रिविको अनुमान छ ।

दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गरिनेछ । दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।

समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् ।

यस्तै कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालको विशेष आतिथ्यता रहनेछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More