― Advertisement ―

म RAM-hogging गुगल क्रोमले मेरो ल्यापटपलाई क्रल गर्न ढिलो गर्नबाट बिरामी छु, त्यसैले Asus Vivobook 16 को Best Buy मा रेकर्ड-कम मूल्य गम्भीर रूपमा...

म सँधै थप उत्पादनशील हुने उपायहरू खोज्दै आएको छु, विशेष गरी जब मसँग एकै पटक धेरै एप र वेबसाइटहरू खुला हुन्छन्।मैले सोचिरहेको एउटा समाधान...
HomeLatest newsतोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन – KhabarHost

तोलामा २ हजार ८ सय रुपैयाँ बढ्यो सुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ।
  • सुनको भाउ बुधबार तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ भने अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा कारोबार भएको थियो।
  • बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेर प्रतितोला ३१५० रुपैयाँ पुगेको छ।

३ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको तुलनामा हिजो सुनको भाउ एकैदिन तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको थियो ।

असोज ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More