― Advertisement ―

HomeLatest newsतोलामा २ हजार घट्यो सुन – KhabarHost

तोलामा २ हजार घट्यो सुन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ थियो र गत सोमबार २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।
  • चाँदीको भाउ प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ५ रुपैयाँमा झरेको छ भने अघिल्लो दिन ४ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।

४ पुस, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदी तोलामा ७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । अघिल्लो दिनको चाँदीको भाउ हालसम्मकै उच्च हो ।





Read More