― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsतेस्रो प्रयासमा केसी, इतिहास रच्ने दाउमा नयाँ उम्मेदवार – KhabarHost

तेस्रो प्रयासमा केसी, इतिहास रच्ने दाउमा नयाँ उम्मेदवार – KhabarHost



१९ माघ, बागलुङ । बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि ११ दलका ११ जना उम्मेदवार चुनावी दौडमा छन् । जसमध्ये तेस्रो प्रयासमा एमालेका नेता हिरा केसी छन् भने अन्य उम्मेदवार इतिहास रच्ने दाउमा छन् ।

दुई निर्वाचन क्षेत्र रहेको बागलुङ १ नम्बर निर्वाचन क्षेत्र जिल्ला सदरमुकामसहितको भूभाग पर्छ । यहाँ आफ्नो विरासत जोगाउने दाउ‍मा रहेका एमाले, कांग्रेस र राष्ट्रिय जनमोर्चालाई नयाँ दल तथा उम्मेदवार चुनौतीका बनेका छन् ।

बागलुङमा अन्य दलले एक्ला-एक्लै चुनावी मैदानमा उत्रेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गरेका छन् ।

नेकपाले राजमोका उम्मेदवार कृष्ण अधिकारीलाई सघाएको छ भने क्षेत्र नम्बर २ नेकपाका ज्ञामनाथ गैरेलाई राजमोले सघाएको छ ।
बागलुङ-१ का एमालेका उम्मेदवार हिरा बहादुर केसी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी धौलागिरी बहुमुखी क्याम्पस बागलुङको स्ववियु सभापति हुँदै एमाले बागलुङको दुई कार्यकाल पार्टी अध्यक्ष भइसकेका छन् ।

केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका भीम श्रीस, रास्वपाका सुशील खड्का र राजमोका कृष्ण अधिकारी पहिलोपटक चुनावमा होमिएका हुन् ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरिबहादुर खड्कासँग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दीपेन्द्रबहादुर थापा मगरसँग एक हजार ४८० मतान्तरले पराजित भएका केसी तेस्रो पटक चुनावी मैदान उत्रिएका छन् ।

तेस्रो पटकमा संसद् भवन छिर्ने रणनीतिमा केसी हुनुहुन्छ भने नयाँ उम्मेदवारहरु केसीलाई चुनौती दिइरहेका छन् । २०५० बाट विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका केसी तेस्रो प्रयासमा अनुमोदन हुने आशामा छन् ।

विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको मुल राजनीतिमा आउनुभएका भीम श्रीस गगन थापाको नेतृत्वमा बनेको कांग्रेसले पहिलो पटक टिकट दिएर उम्मेदवार बनेका हुन् । श्रीस लोकप्रिय नेताको रुपमा चिनिन्छन् ।

नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका श्रीस २०६२ सालमा त्रिभुवन विश्वविद्यालय काठमाडौंका स्ववियू सभापति भएका थिए ।
जिल्लाको राजनीतिमा कम देखिने श्रीस काठमाडौंमा बसेर राजनीतिमा क्रियाशील रहँदै आएका थिए । जैमिनी नगरपालिका–१० राङखानी निवासी श्रीस हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका हिराबहादुर केसी धौलागिरी बहुमुखी क्याम्पस बागलुङका पूर्वस्ववियू सभापति हुन् । काठेखोला गाउँपालिका–३ धम्जा निवासी केसी बागलुङमै बसेर लामो समयदेखि राजनीति छन् ।

विद्यार्थी संगठनको जिल्ला, अञ्चल हुँदै केन्द्रीय कोषाध्यक्ष, युवा संघको केन्द्रीय उपाध्यक्ष, पार्टीको जिल्ला कमिटी सदस्य, उपाध्यक्ष हुँदै २ कार्यकाल अध्यक्ष भएका केसी २०७० को दोस्रो संधिवानसभा र २०७९ को गण्डकी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट उम्मेदवार रहेका थिए ।

यसअघि जनमोर्चाबाट चित्रबहादुर केसी लगातार निर्वाचित हुँदै आएका थिए । केसीले समानुपातिक रोजेपछि केसीको विरासत धान्न राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीलाई नेकपाले समेत सघाएको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौर निवासी अधिकारी नेकपा मसाल र त्यसको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक गतिविधिमा सक्रिय छन् । २०३८ सालमा अखिल छैठौंबाट राजनीति सुरु गरेका अधिकारी चित्रबहादुर केसीको निजी सचिवालयमा लामो समय काम गरे ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमेरिकामा इन्जिनियरिङ पढेर फर्किएका युवा उद्यमी सुशील खड्का चुनावी मैदानमा छन् । बागलुङ नगरपालिका–३ गुठी निवासी खड्का राजनीतिमा नयाँ अनुहारका रुपमा प्रतिस्पर्धामा उत्रेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बागलुङ – १ मा कल्याण विक्रम आचार्यलाई अघि सारेको छ । आचार्य बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरा निवासी हुन् ।

आचार्य राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक र शाही गण्डकी प्रदेश समिति सदस्य छन् । नेपाल मानवताबादी पार्टीका भक्तबहादुर विक, मंगोल नेशनल अर्गनाईजेशनका गुमा कुमारी बुढा राना मगर, प्रगतिशल लोकतान्त्रीक पार्टीका चित्रप्रसाद सापकोटा, नेशनल रिपब्लिक नेपालका सहवीर थापा, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ति र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसी चुनावी मैदानमा छन् ।

बागलुङ क्षेत्र नं. १ मा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिका पर्दछन् । ४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More