― Advertisement ―

ओपनएआईले भन्यो कि माइक्रोसफ्टले ग्राहक आधार निर्माण गर्न हाम्रो क्षमता सीमित गरेको छ, नयाँ अमेजन सम्बन्धको प्रशंसा गर्दछ

यो माइक्रोसफ्टले आफ्नो वृद्धिलाई सहयोग गर्ने समयलाई खुला गर्छ, तर अब यसको विकासलाई सहयोग गर्छ भन्छ। विस्तार गर्नुहोस्AWS सँगको नयाँ साझेदारीले थप उद्यम ग्राहकहरूलाई...
HomeLatest newsतीन महिनादेखि जेलबाट फरार, प्रहरी खोजेको खोज्यै – KhabarHost

तीन महिनादेखि जेलबाट फरार, प्रहरी खोजेको खोज्यै – KhabarHost


राष्ट्रिय

समाचार.

  • मानव तस्करीका नाइके भनिएका हस्त गौतम २४ भदौको जेनजी आन्दोलनको क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका छन्।
  • गौतम ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने भए पनि फरार हुन सफल भएका र तीन महिना बित्दा पनि प्रहरीले उनलाई फेला पार्न सकेको छैन।
  • उनी अमेरिकी नागरिक हुन् र डंकी रुटबाट अवैध रूपमा अमेरिका पठाउने गिरोहका मुख्य नाइके मानिन्छन्, जसविरुद्ध चारवटा मुद्दा दायर भएका छन्।

६ पुस, काठमाडौं । ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने मानव तस्करीका नाइके भनिएका हस्त गौतम रहस्यमय तरिकाले कारागारबाट फरार भएका छन् ।

मानव बेचिबिखन तथा ओसारपसार मुद्दामा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका गौतम २४ भदौको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए ।

ह्विल चियरमार्फत हिँडडुल गर्ने गौतम कारागारबाट फरार हुँदा नै प्रहरीहरू अचम्मित बनेका छन् । त्यसमाथि तीन महिना बित्दासमेत उनको सुईंकोसम्म प्रहरीले पाउन सकेको छैन ।

मानव तस्करी जस्तो गम्भीर मुद्दाको चार्ज लागेका व्यक्ति, त्यसमाथि ह्विल चियरमार्फत मात्रै हिँडडुल गर्नसक्ने कसरी फरार भए भन्नेसम्म प्रहरीले खुट्याउन सकेको छैन ।

कारागारबाट भाग्ने क्रममा उनलाई कसले सहयोग गर्‍यो, कसरी बाहिर निस्के भन्ने पनि खुल्न सकेको छैन । जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारका धेरैजसो कैदीबन्दी फरार हुँदा उनी पनि फरार भएका थिए ।

त्यसयता खोजी जारी राखे पनि उनी फेला पर्न सकेका छैनन् । ‘गौतमलाई ठूलो अनुन्धानपछि पक्राउ गर्न प्रहरी सफल भएको थियो । जेनजी आन्दोलनको मौकामा फरार भएका उनको खोजी जारी रहे पनि भेट्न सकिएको छैन,’ मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले भने ।

सुरुमा उनी भागेर भारत पुगेको आशंका गरिए पनि प्रहरीले त्यसबारे यथेष्ट प्रमाण जुटाउन सकेको छैन । पूर्वी रुकुमको सिस्ने गाउँपालिका–३ मा जन्मिएका ५४ वर्षीय गौतम नेपाली मुलका अमेरिकी नागरिक हुन् । अमेरिकी नागरिक भएका हिसाबले उनी जुनसुकै बेला पनि अमेरिका जान सक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । जसका कारण उनी तेस्रो मुलुकमार्फत अमेरिका पुगिसकेको हुनसक्ने आशंका पनि गरिन्छ ।

अवैध तरिकाले अमेरिका पुगेकाहरूलाई अमेरिकी सरकारले धमाधम डिपोर्ट गर्दा यसरी अवैध तरिकाले अमेरिका पठाउने नाइके गौतम भने रहस्यमय तरिकाले गायब भएका छन् ।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति चुनिएपछि हालसम्म ४४० नेपाली नागरिक डिपोर्ट भइसकेका छन् ।

अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरू धमाधम हत्कडी लगाएर स्वदेश फिर्ता भइरहँदा ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका एक जना नाइके भने बेपत्ता छन् ।

२१ फागुन २०८१ मा गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो मुद्दामा उनी कारागार चलान भएका थिए ।

गौतमविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको चौथो मुद्दा दायर भएको थियो । प्रहरीका अनुसार तल्लो बाटो (डंकी रुट)बाट अमेरिका पठाउने सुरुवातकर्ता नै गौतम हुन् । उनले विशेष गरी रुकुम, रोल्पा, दाङका मानिसबाट करोड हाराहारीको रकम बुझेर डंकी रुट हुँदै अमेरिका पु‍¥याउने गरेको आरोप छ । उनले सन् २००५ देखि नै लाखौं रकम असुलेर अवैध बाटोबाट अमेरिका पठाउने गरेको प्रहरीको भनाइ छ ।

गौतम कुनै समय पारा ओलम्पिक कमिटीका महासचिव थिए । सन् १९९४ मा नेपाल पारा ओलम्पिक कमिटीमा महासचिव रहेका बेला उनी अमेरिका गएका थिए । अमेरिकाबाट फर्केको ९ वर्षपछि सन् २००५ मा उनी सिंगापुर पुगेका थिए ।

सिंगापुरबाट ल्याटिन अमेरिकन देशहरू हुँदै मेक्सिकोबाट उनी अमेरिका छिरेको ब्युरोका अधिकारीहरू बताउँछन् । अमेरिका छिरेपछि शरणार्थी आवेदन दिएर उनी अमेरिकन नागरिकसमेत बनेका थिए । उनको अमेरिकन पासपोर्ट नम्बर ५३०६४७१६६ हो ।

अमेरिकी नागरिक भएपछि उनले माओवादी द्वन्द्वको मुख्य प्रभाव रहेका रुकुम, रोल्पा र दाङका नागरिकलाई डंकी रुटबाट अमेरिका छिराउने गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More