― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
HomeLatest newsतीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय – KhabarHost

तीन दिन प्रजातन्त्र दिवस मनाउने सरकारको निर्णय – KhabarHost



२२ माघ, काठमाडौं । सरकारले यस वर्ष तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने भएको छ ।

२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी पहिलोपल्ट प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले आउँदो फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको हो ।

आज प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले तीन दिन प्रजातन्त्र दिवस मनाउने निर्णय गर्दै मूल समारोह समिति पनि गठन गरेको उनको सचिवालयले जनाएको छ । ।

प्रधानमन्त्री अध्यक्ष रहने समितिमा नेपाल सरकारका मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपाल सरकारका सचिवहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सदस्य छन् । गृह मन्त्रालयका सचिव मूल समारोह समितिका सदस्य–सचिव छन् ।

निर्णयअनुसार तीन दिनसम्म नेपालभर र विदेशस्थिति नेपाली दूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासहरूमा विभिन्न कार्यक्रम गरिनेछ । मूल समारोहको कार्यक्रम काठमाडौँको सैनिक मञ्च, टुंडिखेलमा गरिनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More