― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
HomeLatest newsतानसेन नगरपालिकामा आज सार्वजनिक बिदा – KhabarHost

तानसेन नगरपालिकामा आज सार्वजनिक बिदा – KhabarHost



१६ कात्तिक, काठमाडौं । तानसेन नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । तानसेन रिडीधामस्थित ऋषिकेश मन्दिरको रथयात्रा गरिने भएकाले नगरपालिकाभर सार्वजनिक बिदा दिइएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीका अनुसार नगर कार्यपालिकाको गत असोज २६ गते बसेको बैठकले ऋषिकेश मन्दिरको महिमा बढाउन र सो क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित गर्न भन्दै सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आज कात्तिक १६ गते नगरपालिका मातहतमा रहेका सामुदायिक र संस्थागत विद्यालय, नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायतका संघ संस्था बन्द गरिएको छ ।

नगरपालिकाले अत्यावश्यक सेवा भने जारी रहने जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More