― Advertisement ―

‘हामीले eSIMs लाई सकेसम्म सरल बनाउनु पर्छ’: Saily भन्छिन् कि घर्षण हटाउनु भनेको यात्रा eSIMs लाई लोकतान्त्रिक बनाउने अर्को ठूलो लडाई हो

सेली प्राविधिक घर्षण हटाएर विश्वव्यापी कनेक्टिभिटीलाई प्रजातान्त्रिक बनाउन चाहन्छ र चाँडै नै धेरै प्रयोगकर्ताहरू अनबोर्डिङ यात्रा गर्न सक्नेछन्। थप पढ्नुहोस्
HomeLatest newsतराईमा हुस्सु, हिमालमा हिमपात – KhabarHost

तराईमा हुस्सु, हिमालमा हिमपात – KhabarHost



२० पुस, काठमाडौं । देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु/कुहिरो कायम रहनेछ ।

कोशी प्रदेशका पहाडी तथा हिमाली भागका साथै गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी महाशाखाले आज राति पनि तराई भागका धेरै स्थानमा कुहिरो लाग्ने अनुमान गरेको छ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हुस्सुकुहिरो, हिमपात र चिसोले गर्दा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





Read More