― Advertisement ―

तपाईंसँग थप 10 दिनहरू मात्र छन् सर्फशार्कको उत्कृष्ट योजना छुटको मूल्यमा प्राप्त गर्न थप ३ महिना थपिएको छ — दावी गर्ने तरिका यहाँ छ

Surfshark को एक योजना अझै पनि छुट छ, तर यदि तपाईं आफैलाई सदस्यता लिन जाँदै हुनुहुन्छ भने तपाईंको समय सकिएको छ।यो Always सिफारिस गर्नुभयो।...
HomeLatest news‘ढाँट्दा पनि कति क्युट देखिन्छन् महावीर पुन’ – KhabarHost

‘ढाँट्दा पनि कति क्युट देखिन्छन् महावीर पुन’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • महावीर पुनले चुनावमा भोट माग्दै गर्दा कुनै भड्किलो भाषण नबोल्दै सोझो शैली अपनाएका छन्।
  • उनले म्याग्दीका लागि मात्र नभई नेपालभरि फाइदा हुने काम गर्ने प्रतिबद्धता जनाएका छन्।
  • महावीर पुनले मतदातालाई ‘मासु र पैसामा नबिक्नु’ भन्दै भ्रष्टाचारविरुद्ध चेतावनी दिएका छन्।

एकपटक महावीर पुनले मामुली झुट बोले । त्यो झुट कसैलाई बिझाउने वा कसैलाई रिझाउने थिएन । त्यसैले त मामुली ।

उनी मन्त्री छँदाको कुरा हो । कुनै औपचारिक कार्यक्रममा उनले अघिल्तिरको बोतल टिपेर हुत्याइदिए । त्यो भिडियो ‘भाइरल’ भयो ।

केही दिनपछि कसैले उनलाई सोध्यो, ‘त्यसरी किन बोतल फ्याक्नुभएको ?’

महावीर पुनले जवाफ दिए, ‘फ्याकेको होइन, फ्याकेको होइन । मेरो अगाडि टेबुलमा थियो, त्यहाँ मलाई असजिलो भएर यसो उता लडाइदिएको ।’

उनले दिएको यो जवाफ र बोतल फ्याकेको भिडियो जोडेर फेरि कसैले अर्को भिडियो बनाइदियो। अनि सोझोसाझा ‘महावीर पुन पनि झुट बोल्छन्’ भनी प्रमाणित गर्न खोज्यो । तर, यो प्रमाणित कुराले मान्छेहरूलाई कति पनि रिस उठाएन। बरू, उनीहरूले यसलाई सहर्ष स्वीकार गर्दै प्रतिक्रिया दिए- ‘झुट बोल्दा पनि कति क्युट देखिन्छन् महावीर पुन ।’

यावत् कुरालाई ‘बाल मतलब’ दिँदै यतिबेला महावीर पुन आफ्नै पारामा, आफ्नै थातथलो फर्किएका छन्— चुनावमा भोट माग्न । प्याटप्याटे चप्पल र टाउजर लगाएर उकालीओराली गरिरहेका छन् । गाउँबस्ती डुलिरहेका छन् । अनि भनिरहेका छन्, ‘भोट दिने भए देऊ, नदिने भए नदेऊ ।’

महावीर पुनले यसरी भोट माग्दै हिँडेको दृश्य पनि कम्ता ‘क्युट’ लाग्दैन ।

गाउँलेहरू उनलाई भेट्न वा सुन्नभन्दा पनि हेर्न झुम्मिएका छन् । यो क्षण उनका लागि यी गाउँले मात्र होइनन्, मतदाता पनि हुन् । तिनै मतदातालाई रिझाएर उनले आफूलाई चुनावमा जिताउनुपर्ने हुन्छ । तर, मतदाता रिझाउनका लागि उनीसँग कुनै ‘निन्जा टेक्निक’ छैन ।

सुकिलो सुट–पाइन्टमा ठाँटिएर एक अँगालो उखु बोकेका छैनन्, ढाडै निहुरिने गरी कसैको भारी थाप्लोमा हालेका छैनन्, कुनै बिरामी मान्छेको निधार छाम्न पुगेका छैनन्, आसेपासेहरूको भीड जम्मा गरेर दौडिएका छैनन्, चर्को–चर्को भाषणबाजी गरेका छैनन्, अरूलाई होच्याएर आफूलाई असल देखाएका छैनन् । ‘म यो जिल्लालाई विश्वमा चिनाउँछु’ भन्दै उडन्ते गफ हाँकेका छैनन् ।

पाखुरा नै बाउडिने गरी नमस्ते पोजमा हिँडेका छैनन्, मेरुदण्ड निहुरिने गरी साष्टाङ्ग दण्डवत् टक्र्याएका  छैनन् ।

बरु भिटेनले गाएजस्तै ‘म यस्तै त हो नि ब्रो’ शैलीमा गाउँघर चाहर्दैछन् । उनको खादा बोकिदिने र बाटो खुला गरिदिने कार्यकर्ता छैन। झन्डा बोकिदिने र नारा भट्याइदिने कार्यकर्ता छैन । यी एक्लो मान्छे लखरलखर हिँड्दै मतदाता भेटिरहेका छन् । यसो भन्दै, ‘अब तपाईंहरूलाई थाहा छ, चुनावमा उठेपछि चिन्ह पाइन्छ। भोट हाल्ने चिन्ह । र, त्यो चिन्हको कागज पर्चा चाहिँ बाँड्न म यहाँ आएको हो ।’

जितेपछि के गर्नुहुन्छ? हाम्रो गाउँठाउँमा के विकास ल्याउनुहुन्छ  ? यी चुनावी मनोविज्ञान बुझेर पनि महावीर पुन कसैलाई आश्वासनको गुलियो जेरी बाँड्दैनन् । सोझै भनिदिन्छन्, ‘म्याग्दीका लागि के गर्न सक्नुहुन्छ भन्छन् । म म्याग्दीको मात्र मान्छे होइन क्या। नेपालभरिको मान्छे हो । साझा मान्छे हो म। म्याग्दीका लागि मात्र होइन, नेपालभरिको फाइदा हुने काम गर्छु ।’

महावीर पुनले कुनैबेला म्याग्दीको नागी गाउँलाई विश्वको पहुँचमा पुर्‍याएका थिए- वायरलेस इन्टरनेट सेवा विस्तार गरेर । यो त्यही बेलाको कुरा हो, जतिबेला छ्यापछ्याप्ती इन्टरनेट थिएन । दूरदराजका गाउँलाई स्वास्थ्य र शिक्षामा सहज सुविधा दिलाउन उनले ल्याएको महत्वाकांक्षी परियोजनालाई ब्रिटिश ब्रोडकास्ट कर्पोरेसन (बीबीसी) ले विश्व समुदायमाझ पुर्‍याइदिएको थियो ।

सामाजिक सेवाको हार्डवेयर जडित यी धुस्रो-फुस्रो मान्छे पछिल्लो समय भने आविष्कार केन्द्र खोलेर औजार तथा यन्त्रीकरण विस्तारमा लागेका थिए । त्यसका लागि पुग्दो लगानी सरकारबाट प्राप्त नभएपछि उनलाई झोंक चल्यो। आत्मकथा लेखे। अनि त्यही किताब बेच्दै हिँडे- आविष्कार केन्द्रको खर्च जुटाउन ।

यसरी नै किताबको भारी थाप्लोमा बोकेर आफ्नै सुरमा हिँडिरहेका उनलाई हतार–हतार काठमाडौं ल्याएर मन्त्री बनाइयो । मन्त्रीको सपथपछि दौरासुरुवाल लगाएका, दायाँ–बायाँ सुरक्षाकर्मी खडा गरिएका, पत्रकारहरूमाझ घेरिएका महावीर पुनले भनेका थिए, ‘किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदियो यार ।’

महावीर पुनले सायदै कल्पेका थिए- यसरी मन्त्री बनिएला, कुनै दिन भोट माग्दै हिँडिएला । तर, जिन्दगीले उनलाई यो बाङ्गोटिङ्गो बाटोमा ल्याएर छाडिदियो ।

‘चुनाव लडेर के गर्ने ? ४ गतेसम्म त म आफैंलाई पनि थाहा थिएन । किन यहाँ आएर लड्नुपर्‍यो भने धेरै काम त्यहाँ गएर अड्किएको छ। त्यो कामलाई अगाडि बढाउनु पर्‍यो नि चुनावपछि ।’ उनले अघि सारेका थुप्रै काम थाँती छन् । त्यो काम अरूले गर्छन् भनी पत्याउने स्थितिमा छैनन् उनी। त्यसैले आफैं चुनाव लडेर, जितेर, मन्त्री भएर बाँकी काम सल्टाउनुपर्ने बाध्यताले उनलाई नेता बन्नुपरेछ ।

एसियाका नोबेल पुरस्कार भनिने प्रतिष्ठित रमन म्यागसेसेबाट सम्मानित यी खस्रो मान्छे नेता त बनेका छन्, तर फरक शैलीका ।  उनी मतदाताको सामुन्ने पुगेर चिल्लो–चाप्लो कुरा नगरी सोझै भनिरहेका छन्, ‘म केही वाचा गर्दिन है। तपाईंहरूलाई मन परे भोट देउ, नदिने भए नदेउ ।’

बालै भएन।

…………

कुनै एक चोकमा पुगेर महावीर पुन भनिरहेका छन्, ‘मासु र पैसामा चाहिँ नबिक्नु है।’ उनको पछिल्तिर एक भलाद्मी छन्— अलि सुरो । उनी महावीरको कुरामा समर्थन जनाउँदै बीच–बीचमा यसरी बोलिरहेका छन्, मानौँ कुनै मेलोडीमा कसैले टाइमिङ मिलाएर र्‍याप हानिरहेका छन् ।

महावीर थप्छन्, ‘दुई–चार हजार, पाँच–दश हजारमा बिक्नुभयो भने त्यो चाहिँ सोझै नर्कमा जान्छ।’

भलाद्मी स्वर मिलाउँछन्, ‘वस्।’

‘किनभने त्यसले भविष्यका छोरानातिलाई ठूलो धोका दिएको हो । पैसामा बिक्यो भने के हुन्छ भने छोरानातिले दुःख पाउँछन् । अनि उनीहरूको श्राप लाग्छ क्या। त्यसपछि पैसामा बिक्ने मान्छे सोझै तल नर्कमा जान्छ— के–के गरेर कुटाइ खान्छ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More