― Advertisement ―

Homeविजनेसड्राइभिङ लाइसेन्स प्रमाणीकरण नहुँदा कुवेत पुगेका नेपाली श्रमिक समस्यामा

ड्राइभिङ लाइसेन्स प्रमाणीकरण नहुँदा कुवेत पुगेका नेपाली श्रमिक समस्यामा


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालमा ड्राइभिङ लाइसेन्स प्रमाणीकरण नहुँदा कुवेत पुगेका नेपाली ड्राइभर समस्यामा परेका छन्।
  • यातायात व्यवस्था विभागको सर्भर जलेपछि अनलाइन लाइसेन्स भेरिफिकेसन सम्भव छैन।
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षणपत्र बुझाएको छ।

३० असोज, काठमाडौं । नेपालमा ड्राइभिङ लाइसेन्सको प्रमाणीकरण (भेरिफिकेसन) नहुँदा ड्राइभर पदमा काम गर्न कुवेत पुगेका नेपाली समस्यामा परेका छन् । कुवेतस्थित नेपाली दूतावासले लाइसेन्स भेरिफिकेसन नगरिदिँदा उनीहरू समस्यामा परेका हुन् ।

जेनजी आन्दोलन क्रममा यातायात व्यवस्था विभागमा समेत आगजानी गरिएको थियो । जसले गर्दा ड्राइभिङ लाइसेन्सको सर्भर समेत जलेको थियो । यसका कारण अनलाइन मार्फत लाइसेन्स हेर्न नमिलेपछि नेपालबाट ड्राइभिङको कामका लागि कुवेत पुगेका श्रमिक समस्यामा परेका हुन् ।

अनलाइन मार्फत भेरिफिकेसन नहुँदा उनीहरू नेपाल फर्किनुपर्ने बाध्यता आएको छ । यो विषयमा म्यानपावर व्यवसायीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निवेदन दिएका थिए । संघको कार्यालयमा ६० भन्दा बढी श्रमिकको लाइसेन्स भेरिफिकेसनमा समस्या आएको भन्दै निवेदन आएको छ ।

सोही आधारमा संघले वैदेशिक रोजगार विभागलाई ध्यानाकर्षणपत्र बुझाएको छ । कार्यवाहक महासचिव कुन्छादोर्जे डिम्दोङले विभागका उपमहानिर्देशक तथा निमित्त महानिर्देशक चन्द्रबहादुर सिवाकोटीलाई ध्यानाकर्षणपत्र बुझाउँदै समस्याबारे जानकारी गराएका छन् ।

विभागबाट श्रम स्वीकृति लिएर गएका श्रमिकलाई कुवेतमा नेपाली दूतावासले सवारी चालक भेरिफिकेसन लेटर नदिएको डिम्दोङको भनाइ छ ।

यातायात व्यवस्था विभागले वैकल्पिक व्यवस्था नगरेसम्म कामदार स्वयमंलाई जिम्मेवार बनाइ नेपालको श्रम स्वीकृति चेक गरी दूतावासबाट भेरिफिकेसन लेटर दिलाउने व्यवस्था गर्न माग गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More