― Advertisement ―

यो कीर्तिमान तोड्ने पराबैंगनी क्रिस्टलले आणविक घडीहरू अनलक गर्न सक्छ र पनडुब्बी, अन्तरिक्ष यान र मिसाइलहरूले बाह्य संकेतहरू बिना नै नेभिगेट गर्ने तरिका परिवर्तन...

अवस्थित न्यूक्लकायोरको प्रतिज्ञा गर्ने समय प्रणालीहरूथोरियम 229 ले व्यावहारिक आणविक समय मापनको दुर्लभ मार्ग प्रदान गर्दछअल्ट्राभाइलेट ब्रेकथ्रुले आणविक घडीको विकासमा सबैभन्दा कठिन बाधाहरू मध्ये...
HomeLatest newsडोल्पामा दाजुभाइदेखि गुरुचेलासम्म, लेखापढी व्यवसायीदेखि ट्रेकिङ गाइडसम्म उम्मेदवार

डोल्पामा दाजुभाइदेखि गुरुचेलासम्म, लेखापढी व्यवसायीदेखि ट्रेकिङ गाइडसम्म उम्मेदवार



७ माघ, डोल्पा । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पामा एक स्वतन्त्रसहित नौ जनाले मनोनयन दर्ता गराएका छन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरू भने नयाँ–पुराना मिश्रित छन् । रोचक त के छ भने डोल्पामा सहोदर दाजु-भाइदेखि गुरु-चेलासम्म र लेखापढी व्यवसायीदेखि ट्रेकिङ गाइडसम्म प्रतिस्पर्धी छन् ।

विभिन्न ७ राजनीतिक दलहरूबाट उम्मेदवारी दिएका अधिकांश पुराना नेताहरू छन् । नयाँ र पुराना अनुहारबिच हुने प्रतिस्पर्धालाई यसपटक डोल्पालीले उत्साहका साथ हेरिरहेका छन् ।

डोल्पामा नेकपाबाट पूर्व मन्त्री धनबहादुर बुढा, नेपाली कांग्रेसबाट केन्द्रीय सहमहामन्त्री कर्ण बहादुर बुढा, नेकपा एमालेबाट लंक रोकाया र उज्यालो नेपाल पार्टीबाट दिल बहादुर विष्टले उम्मेदवारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट देव सिंह ऐडी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हरि डाँगी, मितेरी नेपाल पार्टीबाट जुनु भण्डारी र तत्कालीन माओवादीका नेता ओमेन्द्र केसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

क वर्गका ठेकेदार उम्मेदवार

नेकपाबाट उम्मेदवार बनेका पूर्व मन्त्री धनबहादुर डोल्पाका प्रभावशाली र अनुभवी नेताका रूपमा मानिनछन् । बुढा यसअघि २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका व्यक्ति हुन् । चौथो पटक चुनावमा होमिएका उनी बलिया प्रतिस्पर्धीका रूपमा रहेका छन् ।

धनबहादुर राजनीतिक अनुभव र संगठनात्मक पकड भएको नेताका रूपमा चिनिन्छन् । राप्रपाको पृष्ठभूमिबाट राजनीतिमा उदाएका उनी ०७० को संविधान सभा निर्वाचन र ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका थिए ।

त्यति बेला उनले ११ हजार ७ सय ६१ मत ल्याएर नेपाली कांग्रेसका उम्मेदवार अंगद बुढालाई पराजित गरेका थिए । एमाले विभाजन हुँदा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका बुढा ०७९ सालको निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीबाटै चुनाव लडेका थिए । उनले ११ हजार २ सय ९२ मत ल्याएर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीलाई ५ हजार ७८७ मतान्तरले पराजित गरेका थिए । पराजित शाहीले ५ हजार ५०५ मत ल्याएका थिए । २०७९ मा नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादीले गठबन्धन गरेका थिए ।

बुढाले २०७० को दोस्रो संविधान सभा निर्वाचनताका राप्रपा छाडेर एमाले प्रवेश गरेका थिए । पछि एमाले पनि छाडेर एकीकृत समाजवादी हुँदै हाल नेकपासम्म आइपुगेका हुन् । उनी ‘क’ श्रेणीका निर्माण व्यवसायी समेत हुन् ।

सहोदर दाइसँग प्रतिस्पर्धा

उनको योपटक आफ्नै सहोदर दाइसँग प्रतिस्पर्धा हुने छ । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कर्णबहादुर भर्खरै मात्र सम्पन्न काँग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित नेता हुन् । २०४८ सालदेखि राप्रपाबाट राजनीतिक सुरु गरेका कर्णले राप्रपाबाटै तीनपटक प्रतिनिधिसभा चुनाव लडेका थिए । तर, तीनै पटक पराजित भए ।

उनी राप्रपामा तीनपटक निर्वाचित केन्द्रीय सदस्य र एक पटक सहमहामन्त्री मनोनीत भएका थिए । कर्णबहादुर २०५१ सालमा काँग्रेसकै बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग पराजित भएका थिए । त्यसपछि २०५६ सालमा एमालेका नरबहादुर बुढाथोकी र २०६४ सालमा तत्कालीन माओवादीका रामबहादुर बोहरासँग पराजित भएका थिए ।

राप्रपाबाट २०७६ सालमा कांग्रेसमा केन्द्रीय सदस्यको रूपमा प्रवेश गरेका बुढा अहिले सहमहामन्त्री छन् ।

नेकपा एमालेबाट उम्मेदवार बनेका लंक जिल्ला पार्टी कमिटी अध्यक्ष हुन् । विद्यार्थी राजनीति हुँदै जिल्ला पार्टीको नेतृत्वमा पुगेका हुन् । २०७४ र २०७९ मा मुड्केचुला गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार बनेका उनी दुवै पटकको निर्वाचनमा पराजित बनेका थिए ।

गुरु-चेलाबिच प्रतिस्पर्धा

२०७४ मा तत्कालीन माओवादी केन्द्रका उम्मेदवार दत्त शाहीसँग झिनो मतान्तरले पराजित बनेका उनी २०७९ मा पनि उनै शाहीसँग ३७ मतले पराजित भए । दुई पटकको हार हुँदा पनि नथाकेका लंकलाई यो पटक एमालेले डोल्पाबाट प्रतिनिधि सभा उम्मेदवार बनाएको छ ।

रोकाया जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा खेलकुद र युवा केन्द्रित गतिविधिका कारण चर्चामा आएका थिए । पार्टी संगठनमा लामो समयदेखि सक्रिय उनी नेकपा एमालेको पहिलो कार्यकाल जिल्ला सचिवसमेत भएका थिए ।

यो पटक उनको प्रतिस्पर्धा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बुढासँग हुने देखिन्छ । जसलाई उनका राजनीतिक गुरुका रूपमा समेत लिइन्छ । गुरु–चेलाबीचको यो प्रतिस्पर्धाले डोल्पाको राजनीति थप रोचक बनाउने अनुमान स्थानीयले गरेका छन् ।

उज्यालो नेपाल पार्टीका उम्मेदवार विष्ट समाजसेवामा सक्रिय छन् । उनी कांग्रेस, माओवादी हुँदै अहिले उज्यालो नेपाल पार्टीमा पुगेका हुन् । त्रिपुरा सुन्दरी नगरपालिका–१ त्रिपुराकोट निवासी विष्टले दुई पटकको स्थानीय तह निर्वाचनमा पराजय भोगेका थिए । उनी ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस र २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचनमा होमिएका थिए ।

साना दलका जेनजेड उम्मेदवार

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बनेका २६ वर्षीय युवा विकास अध्ययन सँगै राजनीतिमा सक्रिय छन् । त्रिपुरा सुन्दरी ४ रंग गाउँका विकास तत्कालीन माओवादी केन्द्र निकट वाईसीएलको सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज थिए । माओवादी फुटपछि जनार्दन शर्मा तिर देखिएका उनलाई प्रलोपाले उम्मेदवार बनाएको छ ।

उनको जिल्लामा खासै जनमत भने देखिँदैन । यद्यपि प्रलोपाले भने जेनजेड समूहका युवालाई अघि सारेको बताउँदै जिल्लाको राजनीतिमा नयाँ पुस्ताको प्रवेश गराएको दाबी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका ऐडी इन्जिनियर हुन् । युवा उम्मेदवार ऐडी गत महिना रास्वपाले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा समेत परेका थिए । प्रारम्भिक निर्वाचनमा अपेक्षा अनुसार मत ल्याउन सकेका थिएनन् ।

ट्रेकिङ गाइडदेखि लेखापढी व्यवसायीसम्म

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका डाँगी जिल्ला पार्टीका प्रवक्ता हुन् । १५ वर्षदेखि निरन्तर राप्रपामा देखिएका उनी पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन् । उनी ट्रेकिङ गाइडमा सक्रिय छन् ।

स्वतन्त्र तर्फ उम्मेदवारी दिएका केसी नेकपाका पूर्व नेता हुन् । नेकपा एमाले हुँदै तत्कालीन माओवादीमा प्रवेश गरेका उनी ठुली भेरी नगरपालिकाका ३ नं को वडा अध्यक्षमा पराजित भएका थिए । उनी जिल्लामा लेखापढी व्यवसायमा सक्रिय छन् । राजनीतिमा पुस्तान्तरणमा जोड दिँदै आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनले बताएका छन् ।

मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी भण्डारी भने राजनीतिमा खासै सक्रिय छैनन् । जिल्लामा महिला उम्मेदवार कोही नभएपछि महिलाको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको उनले बताइन् ।

यसरी डोल्पामा यस पटक अनुभव भएका र नयाँ सोचका युवाबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More