― Advertisement ―

Homeराष्ट्रिय समाचारडुंगा पल्टिएर डुबेका ३ जनाको फेवातालबाट सकुशल उद्धार

डुंगा पल्टिएर डुबेका ३ जनाको फेवातालबाट सकुशल उद्धार



१६ कात्तिक, काठमाडौं । कास्कीको पोखरास्थित फेवातालमाबाट तीन जनाको सकुशल उद्धार गरिएको छ ।

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा आइतबार डुंगा पल्टिँदा डुबेका ३ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको सशस्त्रका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

डुंगा अचानक पल्टिँदा डुंगामा सवार चालक सोही महानगरपालिका आमबोटघाट बस्ने ४० बर्षिय महेश सुनार, रुपन्देहीको बुटवल उपमहानगरपाालिका–३ का ४९ वर्षीय सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारू फेवातालमा डुबेका थिए ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उनीहरूको उद्धार गरेको थापाले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More