― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsडडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई मोसो – KhabarHost

डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्षलाई मोसो – KhabarHost



२३ पुस, काठमाडौं । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई कार्यकक्षमै मोसो दलिएको छ ।

आफूहरूलाई नेकपा बहुमतको कार्यकर्ता बताउने चार जनाले बुधबार दिउँसो साढे एक बजेतिर ओझालाई मोसो दलेका हुन् ।

ओझाले अनलाइनखबरसँग भने, ‘मैले नचिनेका चार जना आएर अस्पतालको सेवा सुविधा बारे सोध्न थाले । मैले पानी खाउँ भन्दै सामान्य कुराकानी गरिरहेको थिएँ, एक्कासी मोसो दल्न थाले ।’

आफ्नो कार्यकक्षमा प्रवेश गर्दा उनीहरूको व्यवहार सामान्य देखिएको ओझाले बताए ।

उनले भने, ‘काम गर्ने क्रममा गल्ती कमी भएको रहेछ भने कानुनी प्रक्रियामा जानुपर्छ तर यसरी गैरकानुनी हर्कत गर्ने छुट कसैले पाउनु हुँदैन ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले मोसो दल्नेहरू जंगलतिर भागेको जानकारी प्राप्त भएको बताए ।

अधिकारीले भने, ‘मोसो दलेर जंगलतिर भागेको सूचना आएको छ, उनीहरू छिट्टै पक्राउ पर्छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट ३ जेठ २०८० मा ओझा तीन वर्षका लागि अध्यक्ष नियुक्त भएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More