― Advertisement ―

होइन, एलोन मस्कले तपाईंलाई $5,000 कर फिर्ता दिन चाहँदैनन् — यो एक घोटाला हो, यहाँ के हेर्नु पर्छ

IRS′m बाट अपराध पत्ता लगाउनका लागि प्रमाणहरू पत्ता लगाउनुहोस् मस्कनक्कली आईआरएस इमेलहरूले व्यक्तिगत र बैंकिङ डेटा चोर्छन्बिटकोइन भुक्तानीहरू आवश्यक पर्ने बोगस "डोजेकोइन इनिसिएटिभ" मा...
HomeLatest newsट्रम्पको घेराबन्दी छल्दै ३४ वर्षीय ममदानीले जिते न्युयोर्कको मेयर

ट्रम्पको घेराबन्दी छल्दै ३४ वर्षीय ममदानीले जिते न्युयोर्कको मेयर


राष्ट्रिय

समाचार.

  • जोहरान ममदानी ३४ वर्षको उमेरमा न्यूयोर्क सहरको पहिलो मुस्लिम मेयर निर्वाचित भएका छन्।
  • ममदानीले पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गरेका छन्।
  • उनी जनवरी १ मा पदभार ग्रहण गर्दा सहरका सबैभन्दा कान्छा मेयर र पहिलो दक्षिण एशियाली मूलका मेयर बन्नेछन्।

१९ कात्तिक, काठमाडौं । जोहरान ममदानी न्यूयोर्क सहरको मेयरमा निर्वाचित भएका छन् । ३४ वर्षीय ममदानी न्यूयोर्कका पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन कर्टिस स्लिवालाई पराजित गर्दै सहरको पहिलो मुस्लिम मेयर बनेका हुन् ।

जनवरी १ मा पदभार ग्रहण गरेपछि उनी एक शताब्दीभन्दा बढी समयमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर पनि बन्नेछन्।

उनी न्युयोर्कको मेयर बन्ने पहिलो दक्षिण एशियाली मूलका र अफ्रिकामा जन्मेका पहिलो व्यक्ति बनेका छन् ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको नोभेम्बर ५ मा एक वर्ष पुग्दैछ। तर, त्यसको एक दिनअघि नोभेम्बर ४ मा (आज) उनका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो परीक्षा (लिटमस टेस्ट) भइरहेको छ ।

आज न्यूयोर्क शहरले आफ्नो नयाँ मेयरको चुनाव सुरु गरेको छ । साथै भर्जिनिया तथा न्यूजर्सी राज्यमा गभर्नर तथा विधानसभा चुनाव हुनेछन्।

को हुन् ममदानी ?

३४ वर्षीय जोहरान ममदानी राजनीतिमा आउनु अघि हिप–हप र्‍यापर थिए। उनको चर्चित गीत ‘काण्डा‘ युगान्डामा निकै भाइरल भएको थियो, जसमा कम्पालाको जीवन र युवाहरूको संघर्ष चित्रण गरिएको थियो।

ममदानी भन्छन्, ‘सङ्गीतकै माध्यमबाट मैले पहिलोपटक महसुस गरेँ कि समाजमा असमानता र पहिचानको राजनीतिबारे बोल्नुपर्छ।’

कलेज सकेपछि उनी क्वीन्समा बसाइँ सरे र प्रवासी, भाडामा बस्नेहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनमा सक्रिय भए। सन् २०१७ मा उनले डेमोक्र्याटिक पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरे।

सन् २०२० मा उनी न्युयोर्क स्टेट असेंबलीमा निर्वाचित भए र २०२२ तथा २०२४ मा निर्विरोध जिते।

आफ्नो कार्यकालमा ममदानीले सर्वसाधारणसँग प्रत्यक्ष सम्बन्ध राख्ने मुद्दा उठाए, जसले उनलाई निकै लोकप्रिय बनायो।

उनले सस्तो र सजिलो आवासलाई सबैको अधिकार बनाउने अभियान चलाए। सार्वजनिक यातायात निःशुल्क गर्न माग गरे। न्यूनतम तलब ३० डलर प्रतिघन्टा पुर्‍याउने प्रस्ताव राखे।

अहिलेसम्म उनले २० वटा विधेयक समर्थन गरेका छन्, जस मध्ये ३ कानून बनेका छन्।

तीमध्ये एक ‘भाडा नियन्त्रण विधेयक’ मध्यवर्गीय र प्रवासी समुदायमा निकै लोकप्रिय भयो।

ममदानीले ६७ वर्षीय पूर्व गभर्नर एन्ड्रयू कूमोलाई पराजित गर्न सके । यौन उत्पीडनको आरोपका कारण ४ वर्षअघि राजीनामा दिएका कूमो निर्दलीय उम्मेदवारको रूपमा चुनाव लडेका थिए । यद्यपि, उनलाई रिपब्लिकन र सेन्ट्रिस्ट (मध्यमार्गी) हरूको समर्थन छ।

रिपब्लिकन पार्टीका तर्फबाट कर्टिस सिल्वा उम्मेदवार रहे पनि ट्रम्पले आफ्नै पार्टीका उम्मेदवारको समर्थन नगरी कुमोको समर्थन गरेका थिए र ममदानीलाई भोट नदिन आग्रह गरे। उनले ममदानीलाई ‘कम्युनिस्ट‘ र ‘अनुभवहीन‘ भन्दै आरोप लगाएका छन् ।





Read More