― Advertisement ―

चोरी गरिएका सत्र कुकीहरूले ह्याकरहरूलाई अलर्टहरू उठाउन बिना प्रति महिना एक हजार डलर भन्दा कमको लागि पूर्ण खाता पहुँच दिन्छ।

मल्टिप्टर-सेसनद्वारा पासवर्डहरू र Stormspack-jacking गरेर प्रमाणीकरणआक्रमणकारीहरूले मानक सुरक्षा अलर्टहरू ट्रिगर नगरी टाढाबाट चोरी सत्रहरू पुनर्स्थापना गर्न सक्छन्गुप्त शोषणको लागि एन्क्रिप्टेड ब्राउजर प्रमाणहरू प्रशोधन गर्न...
HomeLatest newsटालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने – KhabarHost

टालेको झोला बोकेर काठमाडौं छिरे, परराष्ट्रको तयारी गर्दा इन्स्पेक्टर बने – KhabarHost



२४ कात्तिक, काठमाडौं । गुल्मीको मालिका गाउँपालिका-७ मा भोटे दमाईको ८४ पूजा धुमधामले चल्दैथियो । सबैजना आ–आफ्नै धुनमा थिए ।

कोलाहाल भिडमा एकाएक हल्लाखल्ला मच्चियो– डीआईजी आए, डीआईजी आए । दानबहादुरलाई चिन्ने जान्नेले डीआईजी भनिहाले, नचिन्नेहरूले शंका गर्न थाले ।

बिना निम्तो भोटे दमाईको ८४ पूजामा जाने उनै डीआईजी दानबहादुर कार्की नै थिए । लुम्बिनी प्रदेश प्रहरी प्रमुख भएको बेला भोटे दमाईको ८४ पूजा हुन लागेको सूचना कार्कीको कानमा पर्‍यो ।

उनी विगत सम्झेर नोस्टाल्जिक भए । भोटे दमाईले सिलाएको झोला बोकर काठमाडौं छिरेका उनलाई जसरी ८४ पूजामा पुग्न हुटहुटी भयो । बिना निम्तो, बिना जानकारी उनी भोटे दमाईको घर पुगे ।

विगतबारे धेरै कुरा बिर्सिसकेका भोटे दमाईलाई डीआईजी कार्की झोला टाल्न लगाएको स्मरण गराए । आफ्नो परिचय दिए । त्यसपछि भोटे दमाई खुसीले गद्गद् भए ।

सोच्दै नसोचेको, डीआईजी आफ्नो ८४ पूजामा आएपछि उनी पुलकित भए । २० हजार रुपैयाँ दाम दिए र, कार्की आफ्नो कार्यकक्ष फर्किए ।

भोटे दमाई, यसकारण खास बने दानबहादुरका । उनी कक्षा ९ मा पढ्दै थिए । नजिकका केही आफन्त र काकाले गाउँमा पढेर केही हुँदैन, शहर गएर पढ्नुपर्ने हुटहुटी दानबहादुरलाई गरे । तर परिवार भने उनलाई गाउँमै पढाउन चाहन्थ्यो ।

दानबहादुर भने शहर छिर्ने मुडमा भए । घरमै पसल थियो । सामान्य कपडाहरू पनि पाइन्थ्यो । तर, सानैदेखि विद्रोही स्वभावका उनी घरले अनुमति नदिएपछि एउटा च्यातिएको झोला लिएर भोटे दमाईकोमा गए र, उनले भोटे दमाईलाई भने– ‘ल यो छाताको कपडा छ । यो च्यातिएको झोला टालिदिनुपर्‍यो ।’

भोटे दमाईले झोला सिलाई दिए । त्यही भोटे दमाईले सिलाईदिएको झोला बोकेर उनी काठमाडौं छिरे । कक्षा ९ र १० ललितपुर माविबाट पास गरे ।

बेलैमा काठमाडौं छिरिसकाले पढाई सँगैसँगै अवसरको बारेमा पनि उनलाई धेरथोर जानकारी भयो । त्यही भोटे दमाईले सिलाएको झोला बोकेर बेलैमा काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहिँ न कतै उनको योगदान रहेको कार्की सम्झन्छन् ।

‘मेरो सफलतामा उहाँ (भोटे दमाई)को योगदान बिर्सन मिल्दैन । त्यही सम्झेर नै म थाहै नदिई चौरासी पूजामा गएँको थिए,’ कार्कीले अनलाइनखबरसँग भने ।

काठमाडौंबाट स्नातक पास गरेका उनको अंग्रेजी राम्रो थियो । अंग्रेजी राम्रो भएकैले चिनेजानेकाले परराष्ट्रमा दिन उनलाई सुझाउँथे । कार्कीले पनि परराष्ट्रकै तयारी गरे ।

यही बीचमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को पनि आवेदन खुल्यो । चासो र तयारी परराष्ट्रमा थियो । तर, जसरी पनि जागिर खानुपर्छ भन्ने सोच कार्कीमा थियो । उनले इन्स्पेक्टरमा आवेदन भरे । परराष्ट्र तयारी गरेका कार्कीले इन्स्पेक्टरमा नाम निकाले ।

१८ चैत २०५४ उनले इन्स्पेक्टरको नियुक्त लिए । तालिम सकिएपछि उनी २०५६ सालको चुनावमा सिन्धुली खटिएका थिए ।

फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव कार्कीसँग छ । उनले सशस्त्र प्रहरी गण नं. १ गुल्म नेपालगञ्जमा काम गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुममा काम गरेका छन् । त्यतिबेला युद्धकाल रहेकाले रुकुम निकै जोखिमपूर्ण रहन्थ्यो । तर आफू मातहतका सबै प्रहरी सकुशल रहन सफल भएको सम्झना कार्कीसँग छ ।

इलाका प्रहरी कार्यालय काँकडभित्ता झापामा बसेर काम गरेको अनुभवन उनीसँग छ । भारतसँग सीमा जोडिएको यो नाका आकर्षक र चुनौतीपूर्ण दुवै मानिन्छ ।

यसपछि उनी प्रहरी प्रधान कार्यालयको युएन शाखा नक्सालमा बसेर काम गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनुहँ, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा बसेर उनले काम गरे ।

त्यस्तै डीएसपी रहँदा प्रहरी वृत्त नयाँ बानेश्वरमा रहेर उनले काम गरे । त्यतिबेला तेलमा कालोबजारी गरेको भन्दै उनले कारबाही अगाडि बढाएका थिए । त्यसपछि दानबहादुर कार्की चर्चामा आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरी, लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, ट्राफिक प्रहरी महाशाखा, अख्तियार, जिल्ला प्रहरी कार्यालय कास्की बसेर उनले काम गरेका छन् ।

त्यस्तै, प्रहरीको विशेष ब्यूरो, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बसेर काम गरे । एसएसपी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको इन्चार्ज भए । त्यतिबेला बहुचर्चित भुटानी शरणार्थी काण्डको अपरेशन चलेको थियो । मुद्दाको काम उनै कार्कीले गरे भने पक्राउको मुख्य काम मनोज केसीले गरेका थिए ।

डीआईजी भएपछि केन्द्रीय प्रहरी प्रवक्ता भएर काम गरे । त्यसपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय भएर काम गरे । एआईजी भएपछि मानव स्रोत विकास विभागमा बसेर काम गरे । त्यहीबाट उपत्यका प्रहरी कार्यालय रानिपोखरी आएका उनी आईजीपीमा नियुक्त भए ।

कार्कीले प्रहरी सेवामा प्रवेश गरेदेखि अहिलेसम्म १४ वटा पुरस्कार प्राप्त गरेका छन् । जुन अभिलेखमा जनिने गरी नगदसहित प्रदान गरिएको छ ।

सेवा प्रवेश गरेको चार वर्षपछि १ वैशाख २०६० मा कार्कीले संयुक्त राष्ट्रसंघ पदक प्राप्त गरेका थिए । उनलाई पूर्वी टिमोरमा संयुक्त राष्ट्र संघको मिशनले उक्त पुरस्कार दिएको थियो ।

संयुक्त राष्ट्र संघले उक्त पदक दिँदा यता प्रहरी प्रधान कार्यालयले पनि उनलाई त्यति बेलै प्रदेश सेवा पदक दिएको थियो ।

पूर्वी टिमोरमा संयुक्त राष्ट्र मिशनले १४ कात्तिक २०६० मा उनलाई प्रशंसापत्र दिएको थियो । २३ मंसिर २०६० मा संयुक्त राष्ट्र संघले नै उनलाई प्रशंसा र धन्यवाद ज्ञापनपत्र दिएको थियो ।

त्यस्तै नेपाल सरकारले ३ असोज २०७५ मा प्रबल जनसेवाश्री प्रदान गरेको थियो । गण्डकी प्रदेश सरकारबाट ४ फागुन २०७६ मा ५ हजार नगदसहित उनी पुरस्कृत भएका थिए ।

उनै कार्कीलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औं आईजीको रुपमा नियुक्त गर्‍यो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । तयसछि २७ कात्तिकदेखि कार्कीले नेतृत्व सम्हाल्नेछन् ।

विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् । उनले १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

बाबु कृष्णबहादुर र आमा चन्द्रकुमारीको कोखबाट उनी १५ साउन २०२९ मा मालिका गाउँपालिका–७ घमिरमा जन्मेका थिए । बाबु कृष्णबहादुरको निधन भइसकेको छ ।

उनले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षाशास्त्रमा स्नातक, कानून संकायमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तकर गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More