― Advertisement ―

Cisco ले Webex प्रयोगकर्ताहरूलाई महत्त्वपूर्ण सुरक्षा त्रुटिहरू तुरुन्तै प्याच गर्न भन्छ, किनकि विशेषज्ञहरूले पत्ता लगाएका छन् कि यसको Wi-Fi बक्सहरूले तिनीहरूको डिस्कहरू प्रत्येक दिन...

Ciscoexspatical Services, चार criticals सहित Website पहिचान सेवा इन्जिन RCE बगहरूफिक्सहरू अघि कुनै शोषण रिपोर्ट गरिएको छैन; प्रयोगकर्ताहरूले कन्ट्रोल हबमा SAML प्रमाणपत्रहरू अद्यावधिक गर्नुपर्छछुट्टै...
HomeLatest news‘टनेल २६’ मा आना शर्माको प्रवेश, छायांकन गर्न पुगिन् भुटान

‘टनेल २६’ मा आना शर्माको प्रवेश, छायांकन गर्न पुगिन् भुटान


राष्ट्रिय

समाचार.

  • अभिनेत्री आना शर्माले २३ माघमा रिलिज हुने फिल्म ‘रमिताको पिरती’ को प्रचारप्रसारमा व्यस्त छिन्।
  • आना शर्मा नयाँ फिल्म ‘टनेल २६’ को छायांकनका लागि सोमबार भुटान पुगेकी छन्।
  • ‘टनेल २६’ नेपाल र भुटानको सह-निर्माणमा बनिरहेको छ र भुटानका सेल्ट्रिमले आना शर्माको प्रवेशबारे जानकारी दिएका छन्।

काठमाडौं । अभिनेत्री आना शर्मालाई यतिबेला भ्याइनभ्याइ छ । आफू कार्यकारी निर्मात्री रहेको फिल्म ‘रमिताको पिरती’ को प्रचारप्रसारको चटारोमा उनी ब्यस्त छिन् ।

२३ माघमा फिल्म रिलिज गर्ने चटारोमाझ उनी नयाँ फिल्म ‘टनेल २६’ छायांकन गर्न सोमबार भुटान पुगेकी छन् । केही साता त्यहाँ हुने छायांकनमा उनी ब्यस्त हुनेछिन् ।

यो फिल्ममा नेपालबाट आनासहित अनुपविक्रम शाहीको समेत अभिनय छ । भुटानबाट साङ्गे सेल्ट्रिमको पनि अभिनय छ । भुटानका विभिन्न थलोमा केही सातायता यो फिल्मको छायांकन भैरहेको छ ।

अनुप पनि छायांकनको लागि भुटानमै छन् । नेपाल र भुटानको सह-निर्माणमा बनिरहेको ‘टनेल २६’ मा आनाको प्रवेशबारे भुटानी सेल्ट्रिमले जानकारी दिएका हुन् ।





Read More