― Advertisement ―

वैज्ञानिकहरूले क्वान्टम कम्प्युटरमा पूर्ण जीनोम लोड गर्छन्, वास्तविकताको नजिक छिटो डीएनए विश्लेषण गर्दै

Dometite कोडमा पूरा गर्नुहोस् अवधारणाको प्रमाण माइलस्टोनअनुसन्धानकर्ताहरूले जटिल मानव प्यान्जेनोम विश्लेषण कार्यहरूको लागि भविष्यमा 100x स्पीडअपहरू लक्षित गर्छन्वैज्ञानिकहरूले सावधानीपूर्वक व्यावहारिक क्वान्टम जीनोमिक्स अझै पनि...
HomeLatest newsझापा-३ मा लिङ्देन, काठमाडौं-१ मा मिश्र – KhabarHost

झापा-३ मा लिङ्देन, काठमाडौं-१ मा मिश्र – KhabarHost



५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट एकल सिफारिस भएका छन् ।

पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ । जस क्रममा लिङ्देनलाई झापा–३ बाट सिफारिस गरिएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ । उनीसहित रामेश्वर श्रेष्ठ र राम तन्डुकारलाई पनि काठमाडौं–१ को उम्मेदवारको रुपमा क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

काठमाडौं क्षेत्र नम्बर ६ मा पनि तीन जनाकै नाम सिफारिस भएको छ । जसमा डा, प्रकाशचन्द्र लोहनी, राजाराम श्रेष्ठ र उद्धवराज भेटवाल रहेका छन् ।

काठमाडौं–७ मा लालकुमार लामा, ध्रुव विक्रम मल्ल र विनोद श्रेष्ठ सिफारिस भएका छन् ।

काठमाडौ –९ मा खुस्बु ओली, इन्दिरा मिश्र, दिलीप कार्की, देवेन्द्र प्रधान र रघुराज भण्डारी गरेर पाँच जनाको नाम सिफारिस भएको छ ।

बैतडीमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन्द्र चन्दको नाम सिफारिस भएको छ ।

कैलाली–१ मा लोकेन्द्र कुँवरको नाम सिफारिस भएको छ । काभ्रे–१ मा नवराज सत्याल, काभ्रे–२ मा रञ्जिव श्रेष्ठ, रामेछापमा आङनीमा शेर्पा र मणिराम तामाङको नाम केन्द्रमा सिफारिस भएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More