― Advertisement ―

GPS ले हिमाल, गगनचुम्बी भवन र देशको फराकिलो भूगोलसँग संघर्ष गरेपछि जापानले आफ्नै स्याटेलाइट नेभिगेसन प्रणाली बनाएको छ।

विशिष्ट रूपमा QZSS को वरिपरिको वातावरण डिजाइन गर्न गाह्रो थियो। भूगोलसात-उपग्रह नक्षत्रले जापानलाई निरन्तर घरेलु नेभिगेसन कभरेजको नजिक ल्याउँछQZS-5 प्रक्षेपणको क्रममा हराएपछि QZS-7 सफलतापूर्वक...
HomeLatest newsझापामा बुद्ध एयरका जहाज दुर्घटनापछि काठमाडौँबाट जाँदैछ प्राविधिकसहितको टोली

झापामा बुद्ध एयरका जहाज दुर्घटनापछि काठमाडौँबाट जाँदैछ प्राविधिकसहितको टोली



१८ पुस, काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको विमानबारे अध्ययन गर्न प्राविधिकसहितको टोली त्यसतर्फ जाँदैछन् ।

शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परेपछि नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरको उच्च व्यवस्थापन, नेपाली सेना तथा उद्दारकर्मी र इन्जिनियर प्राविधिक सहितको टोलि अहिले चन्द्रगढी उड्दै छन् ।

प्रस्थानको तयारी भैरहेको महाप्रबन्धक सिटौलाले अन्लाईनखबरलाइ जानकारी दिए । दुर्घटनाबारे प्राविधिक टोलिले चेकजाँच गर्ने छ । त्यसपछि दुर्घटनाको सम्भावित कारण र जहाजको अवस्था बारेसमेत जानकारी हुनेछ । जहाजमा ५१ जना सवार रहेको र सबै सकुशल रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More