― Advertisement ―

चोरी गरिएका सत्र कुकीहरूले ह्याकरहरूलाई अलर्टहरू उठाउन बिना प्रति महिना एक हजार डलर भन्दा कमको लागि पूर्ण खाता पहुँच दिन्छ।

मल्टिप्टर-सेसनद्वारा पासवर्डहरू र Stormspack-jacking गरेर प्रमाणीकरणआक्रमणकारीहरूले मानक सुरक्षा अलर्टहरू ट्रिगर नगरी टाढाबाट चोरी सत्रहरू पुनर्स्थापना गर्न सक्छन्गुप्त शोषणको लागि एन्क्रिप्टेड ब्राउजर प्रमाणहरू प्रशोधन गर्न...
HomeLatest newsजेम्स थण्डरबोल्टल जित्यो नेपाल स्कुल फुटबल लिगको उपाधि

जेम्स थण्डरबोल्टल जित्यो नेपाल स्कुल फुटबल लिगको उपाधि


राष्ट्रिय

समाचार.

  • जेम्स थण्डरबोल्टले नेपाल स्कुल फुटबल लिगको फाइनलमा एलए स्नोलिणपार्ड्सलाई ४-३ ले हराएर उपाधि जितेको छ।
  • जेम्स थण्डरबोल्टले नगद ५ लाख र ट्रफी जितेको छ भने एलएले २ लाख ५० हजार प्राप्त गरेको छ।
  • एलएका देवराज कटुवाल मोस्ट भ्यालुएबल प्लेअर र अनुप खत्री सर्वाधिक गोलकर्ता घोषित भएका छन्।

२३ कात्तिक, काठमाडौं । जेम्स थण्डरबोल्टले नेपाल स्कुल फुटबल लिग (एनएसएफएल) को उपाधि जितेको छ ।

ललितपुरको थापाखेलस्थित थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको मैदानमा शनिवार भएको फाइनलमा जेम्स थण्डरबोल्टले एलए स्नोलिणपार्ड्सलाई ४-३ ले हराएर उपाधि जितेको हो ।

जेम्स थण्डरबोल्टमा ग्रेमन श्रेष्ठले दुई तथा सर्पित लिम्बु र आर्यन अमात्यले समान एक गोल गरे ।

एलएका लागि अनुप खत्रीले दुई तथा देवराज कटुवालले एक गोल गरे ।

च्याम्पियन जेम्सले नगद ५ लाख सहित ट्रफी जित्यो । यस्तै उपविजेता एलएले २ लाख ५० हजार हात पार्‍यो ।

व्यक्तिगत तर्फ भने एलएका खेलाडी हावी रहे । एलएका देवराज कटुवाल प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए । यस्तै एलएका कप्तान अनुप खर्त्री सर्वाधिक गोलकर्ता बने । उनले सर्वाधिक १७ गोल गरेका थिए । आरबीएल रेडपान्डाजका रुहान भट्ट उत्कृष्ट गोलकिपर घोषित भए ।

थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टिडीसी)को आयोजनामा भएको यस प्रतियोगितामा उपत्यकाका ८ स्कुलका टिमले प्रतिस्पर्धा गरेका थिए । जसमा १८ वर्षमुनीका खेलाडीहरुले खेलेका थिए ।

विकेण्डको अवधारणामा लिगका खेलहरु खेलाइएको थियो ।

नियमित अन्तरविद्यालय प्रतियोगिता नहुँदा विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक अवसर नपाएको अवस्थालाई मध्यनजर गर्दै टिडीसीले स्कुल फुटबल लिग आयोजना गरेको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More