― Advertisement ―

HomeLatest newsजेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर

जेनजी शहीदको नाम सीडीओ कार्यालयमा ३ दिनभित्र राख्न गृहको सर्कुलर


राष्ट्रिय

समाचार.

  • गृह मन्त्रालयले २३ र २४ भदौको जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ।
  • मन्त्रालयले ती नामहरू प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र राख्न पत्राचार गरेको छ।
  • गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशन आइतबार जारी गरिएको हो।

२२ मंसिर, काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।

उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।

त्यसपछि मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीद्धारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयहरुलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।

हेर्नुहोस् गृह मन्त्रालयले जारी गरेको सर्कुल :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More