― Advertisement ―

‘यसमा राम्रो हुनको लागि तपाई सुपर हार्डकोर हुनु आवश्यक छैन’ – पिको पार्कका अध्यक्ष आगामी क्रसओभर खेलको साथ सोनिकलाई पूर्ण नयाँ दर्शकहरूमा ल्याउँदै

आगामी खेलपार्क खेलआगामी खेल Sonic बृहत्तर दर्शकमाझ ल्याउने उद्देश्यले राखिएको छयो "उठाउन र खेल्न धेरै सजिलो" हुने उद्देश्यले राखिएको छ"धेरै मानिसहरूलाई थाहा छ...
HomeLatest newsजेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्ता

जेनजी युवा भन्छन्– मुक्का हान्नेलाई पक्राउ गरेपछि मात्र वार्ता


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रशासन कार्यालय बाराले संवादबाट समाधान निकाल्न आन्दोलनरत जेनजी युवालाई वार्तामा बोलाएको थियो।
  • जेनजी युवाले एमाले युवा संघका नेता अरविन्द साह पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन्।
  • जेनजी अगुवा सम्राट उपाध्यायले वार्तामा बस्नुअघि साहलाई पक्राउ गर्नुपर्ने बताए।

४ मंसिर, काठमाडौं । स्थानीय प्रशासनले वार्तामा बस्न बोलाएको प्रस्ताव आन्दोलनरत जेनजी युवाले अस्वीकार गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो । तर, उनीहरूले बुधबार कुटपिट गर्ने एमाले युवा संघका स्थानीय नेता अरविन्द साहलाई पक्राउ नगरेसम्म वार्तामा नबस्ने अडान राखेका छन् ।

बारा प्रशासनले जेनजी अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरेर वार्ताका लागि आह्वान गरेको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कलैयास्थित जिल्ला प्रशासन कार्यालयमा वार्ताको लागि बोलाएका थिए । बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार जेनजी समूहले वार्ता टोलीलाई घटनास्थलमै बोलाएका छन् ।

जेनजी अगुवा उपाध्यायका अनुसार वार्तामा बस्नुअघि अरविन्द साहलाई पक्राउ गर्नुपर्ने शर्त आन्दोलनरत युवाको छ । युवा संघका स्थानीय नेता साहले नै बुधबार जेनजी युवामाथि पहिलो मुक्का प्रहार गरेको आरोप छ । उनी हालसम्म फरार छन् ।





Read More