― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
HomeLatest newsजेनजी भन्दै धम्क्याउने शाही फेरि पक्राउ – KhabarHost

जेनजी भन्दै धम्क्याउने शाही फेरि पक्राउ – KhabarHost



१६ पुस, काठमाडौं । आफूलाई जेनजी भन्दै सरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउँदै पुग्ने गरेका अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन्  । उनलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनलाई बैंकिङ कसुर आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला बराबरको सुन ठगी गरेको आरोप छ ।

शाही यसअघि पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लोपटक उनी काठमाडौंको कोटेश्वरबाट पक्राउ परेका थिए । पछि उनी धरौटीमा रिहा भएका थिए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।

उनीसहितको टोलीले नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा पुगेको शाहीको टोलीले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा नै माग गरेको थियो ।

प्रहरीले संकलन गरेको विवरण अनुसार, अछामको पञ्चलदेवल विनायक नगरपालिका–४ घर भएका शाहीको परिवारसँग राम्रो सम्बन्ध छैन ।





Read More