― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeराष्ट्रिय समाचारजेनजी आन्दोलनमा लुटिएको पेस्तोल कपडा पसलेले किनेपछि…

जेनजी आन्दोलनमा लुटिएको पेस्तोल कपडा पसलेले किनेपछि…



१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटी चोकमा प्रभात मल्लले सञ्चालन गरेको कपडा पसलमा संकास्पद वस्तु फेला पर्‍यो ।

३८ वर्षीय मल्लले सञ्चालन गरेको कपडा पसलको ‘चेन्जिङ रुम’मा कपडाले बेरेर राखेको अवस्थामा पेस्तोल जस्तो वस्तु देखियो । यो सूचना प्रहरी वृत्त स्वयम्भूसम्म पुग्यो । सूचनाअनुसार प्रहरीले छापा मार्दा पेस्तोल फेला पर्‍यो ।

कपडाले बरेर राखेको उक्त पेस्तोलसहित प्रहरीले काठमाडौं बानेश्वर घर भएका मल्ललाई पक्राउ गर्‍यो । अनुसन्धान गर्दा खुल्यो-पेस्ताल जेनजी आन्दोलनमा प्रहरीबाट लुटेको र मल्लले एक लाखमा खरिद गरेको ।

मल्लले उक्त पेस्तोल सुमिन शाक्यबाट किनेको बताएपछि यो प्रकरणमा किनबेच गर्ने र पेस्तोल लुट्नेसम्म गरी पाँच जना पक्राउ परे ।

धादिङको धुनिवेशी गाउँपालिका घर भएका २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौं महानगरपालिका-१५ का २५ वर्षीय राजन देउला, भारतको सीतामणिका २४ वर्षीय अकबर खान, काठमाडौं बिजेश्वरी बस्ने २६ वर्षीय सुमिन शाक्य र काठमाडौं नयाँ बानेश्वर बस्ने ३८ वर्षीय प्रभात मल्ल पक्राउ परे ।

मल्ल हतियार खरिद गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एस्पी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

कृष्ण गुरुङ भने पेस्तोल लुटपाटमा संलग्न र अन्य तीन भने बिक्रीमा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

उनीहरूबाट प्रहरीले एक थान पेस्तोल, त्यसको म्यागजिन र १५ राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेकाहरू विरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More