― Advertisement ―

NHS कर्मचारीहरू ‘नैतिक रूपमा दिवालिया’ Palantir सफ्टवेयर प्रयोग गर्न विरुद्ध पछाडि धकेल्छन्, भन्छन् ‘यसले हाम्रो लागि केही नयाँ गर्दैन’

यसलाई एनएचएसका कामदारहरूलाई सफ्टवेयरको अन्त्य गर्दै, केटाहरू लिंक गर्दै कम्पनीसरकारले प्रतिक्रियाको बीचमा ब्रेक क्लजलाई कथित रूपमा विचार गर्योयद्यपि, UK को FCA ले भर्खरै Palantir...
HomeLatest news‘जेनजी आन्दोलनको क्षतिपूर्ति गर्न संघीय सरकारले विशेष प्याकेज ल्याउनुपर्छ’

‘जेनजी आन्दोलनको क्षतिपूर्ति गर्न संघीय सरकारले विशेष प्याकेज ल्याउनुपर्छ’


फाइल फोटो



प्रधानमन्त्री सुशीला कार्कीले आज सातै वटा प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरिन् । निर्वाचनको तयारी, सरकारले निर्धारण गर्नुपर्ने प्राथमिकता, विश्वासको वातावरणलगायतका विषयमा कुरा गर्न मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री कार्कीले डाकेकी थिइन् । छलफलमा सहभागी मधेशका प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ संक्षिप्त प्रश्नोत्तर :

प्रधानमन्त्रीसँग के के विषयमा छलफल भयो, तपाईंले के  के विषय राख्नु भयो ?

मैले चारवटा विषय राखेको छु । पहिलो संघीय सरकारको विषयमा, दोस्रो चुनाव हुनुपर्छ ठीक छ । साथसाथै चुनावको लागि वातावरण त बनाउनु पर्छ, दलहरूसँग सहकार्य गरेर । भयमुक्त वातावरण बनाउनु पर्छ । सुरक्षा निकायको मनोवल कसरी उच्च हुन्छ त्यसको विषयमा सोच्नु पर्छ ।

तेस्रो विषय, दु:खद मुभमेन्ट भयो, जेनजी आन्दोलनमा मानवीय क्षति धेरै भयो । त्यसको लागि जति श्रद्धाञ्जली दिए पनि, जति सम्मान गरे पनि कम हुन्छ । हामी सबैले सम्मान व्यक्त गर्यौं । त्यस आन्दोलनमा धेरै भौतिक संरचना क्षति भएको छ । संघ सरकारले एक विशेष प्याकेजमा त्यसलाई सम्बोधन गर्नुपर्छ ।

सबैभन्दा बढी मर्कामा किसान छन् । कहिले सुक्खाबाट कहिल्यै अनावृष्टिबाट र अतिवृष्टिबाट । यस बेला किसानलाई स्पेसल प्याकेज सरकारले दिनु पर्यो ।

चौथो, तपाईंहरूले कुनै प्रकारले मधेश सरकारलाई दिएको बजेट काट्न पाउनु हुन्न । बजेट एक मापदण्डबाट बन्छ । वित्तीय आयोग रहन्छ त्यसमा । केन्द्रीय योजना आयोग, मानव विकास सुचकांक, जनसंख्या, भूगोल लगायत कयौं मापदण्ड प्रयोग गरेर बजेट बन्छ । त्यसकारण बजेट कसरी काट्नु हुन्छ ।  प्रदेश सरकारहरूको बजेट काट्न लाग्नु भयो भने कहिँको रहँदैन ।

यो विषयहरूमा कुरा भयो र प्रधानमन्त्रीजीले एकदम सकरात्मक रूपमा लिनुभयो । र उहाँले भन्नु भयो यो ठीक हो, त्यसो हुँदैन । सरकार तपाईं हो, तपाईंहरूसँगै छलफल र व्यवहार हुन्छ । चुनावको लागि राम्रो कुरा गर्नुभयो तपाईंहरूले भन्नुभयो । चुनावको लागि संघ, प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरेर वातावरण बनाउनु पर्छ । बजेट कुनै कटौती हुँदैन भन्नुभयो ।

खर्च कटौतीको लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई पत्राचार गरेको छ, स्वकीय सचिव, करारका कर्मचारी हटाउने, १० लाख भन्दा माथिको योजना टेण्डरमा कार्यान्वयन गर्ने, यो विषय उठ्यो कि उठेन ?

प्रदेशहरू खर्च मितव्ययितामा गयो । हामी यस विषयमा गम्भीर छौं । दश लाख लेखेको छ, हामीले आफैं धेरै योजना टेण्डरमा जाओस् वा कतिसम्मका योजना उपभोक्तामा कार्यान्वयन गरौं वा उपभोक्तामा नगरौं यी कुराहरू आन्तरिक कुरा हो । हाम्रो स्थायी सरकार रहेको भए यो निर्णयमा हामी पुगिसकेको हुन्थ्यौं । तर यसमा संघ सरकारले गाइडलाइन बनाउन सक्छ ।

तर ऐनको ओभरल्यापिङ कसैले नगरोस् । मार्ग प्रसस्त वा छलफल गर्न सक्छन् । खर्च मितव्ययिताको सवालमा हामी गम्भीर छौं । यसमा सबै प्रदेश सकरात्मक छ ।

कतिबेलासम्म बैठक चल्यो ?

लामोसमय बैठक चल्यो ।

चुनावको वातावरण बनाउने तर्फ सरकार अग्रसर छ । तर वर्तमान परिस्थिति हेर्दा आन्दोलनको सम्भावना नकार्न सकिँदैन । यस्तो अवस्थामा प्रदेश सरकार कसरी अघि बढ्ने भन्नेबारे प्रधानमन्त्रीले केही भन्नु भयो कि ?

प्रधानमन्त्रीजीले भन्नु भएको छ प्रदेश सरकारसँग मिलेर जे काम गर्नुपर्ने छ त्यो हामीले काम गरौं । मलाई यो कुर्सीमा लामोसमय बस्ने मन छैन ।

एउटा खास म्याण्डेडको लागि म आएकी हुँ, चुनाव गराउनका लागि । चुनाव होस्, जनता जसलाई म्याण्डेड दिन्छ,त्यो म्याण्डेडको प्रक्रिया अघि बढोस् । मेरो यही अन्तिम इच्छा हो भन्नुभयो ।





Read More