― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsजेनजी आन्दोलनको क्रममा आगजनी गरेको आरोपमा रौतहटबाट थप एक युवक पक्राउ

जेनजी आन्दोलनको क्रममा आगजनी गरेको आरोपमा रौतहटबाट थप एक युवक पक्राउ



२१ मंसिर, रौतहट । जेन–जी आन्दोलनको क्रममा रौतहटमा भएको तोडफोड र आगजनीमा संलग्न भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका वडा नं. ४ का ३० वर्षीय बिकी पाण्डे छन् ।

गत भदौ २४ गते रौतहटका विभिन्न क्षेत्रमा भएको तोडफोड र आगजनीमा संलग्न भएको आरोप उनीमाथि छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा भएको आगजनी, प्रहरीको गाडी तोडफोड जस्ता गम्भीर अपराधमा प्रत्यक्ष संलग्न रहेको आरोपमा उनलाई मंसिर १८ गते राति गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णु प्रदीप बस्यालले बताए । पाण्डेमाथि ‘आपराधिक उपद्रव’ मुद्दामा रौतहट जिल्ला अदालत गौरबाट अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

यसअघि सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चन्द्रपुर वडा नंं. ४ का ३२ वर्षीय दीपक बस्नेत र वडा नम्बर ८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई पनि पक्राउ गरिसकेको छ । तीनै जनामाथि अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बस्यालले बताए ।

भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा रौतहटका गौर, गरुडा, चन्द्रनिगाहपुर लगायत आधा दर्जन पालिकाहरुमा सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको थियो । सो दिनको घटनामा संलग्नहरुलाई सीसीटीभी फुटेज र सूचनाका आधारमा खोजबिन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More