― Advertisement ―

Chatbots चुपचाप तपाईले भन्नुभएको सबै कुरासँग सहमत हुन्छन्, र अनुसन्धानकर्ताहरूले कसरी सरल तुरुन्त परिवर्तनहरूले समस्या समाधान गर्न सक्छ भनेर प्रकट गर्छन्।

प्रयोगकर्ताको बट्टामा च्याटबटहरू प्रायः च्याटबटहरूको रायको रूपमा प्रत्यक्षविश्वस्त शब्दहरूले ठूलो भाषा मोडेलहरूमा सम्झौताको स्तरलाई उल्लेखनीय रूपमा बढाउँछप्रश्न-आधारित प्रम्प्टहरूले परीक्षण गरिएका AI प्रणालीहरूमा साइकोफ्यान्टिक प्रतिक्रियाहरू...
HomeLatest newsजेनजी अगुवासँग गगनले गरे डेढ घण्टा छलफल – KhabarHost

जेनजी अगुवासँग गगनले गरे डेढ घण्टा छलफल – KhabarHost



१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र जेनजी अगुवाहरूबीच भेटघाट भएको छ । सरकार र जेनजीबीच भएका १० बुँदै सम्झौतालाई राजनीतिक दलहरूले समर्थन जनाउनुपर्ने भन्दै जेनजी अगुवाहरूले थापासँग भेटघाट गरेका हुन् ।

फागुन २१ को निर्वाचनअघि जेनजी आन्दोलनका मुद्धामा दलहरूले साझा प्रतिबद्धता जनाउनुपर्ने माग लिएर जेनजी अगुवाहरूले राजनीतिक दलका नेताहरूसँग भेटघाट थालेका छन् । सोही अभियान अन्तर्गत जेनजीहरूले थापालाई भेटका हुन् ।

थापासँग भेट्न जेनजी प्रतिनिधिहरू रक्षा बम, प्रदीप ज्ञवाली, युजन राजभण्डारी, उपार्जुन चाम्लिङ र माजिद अन्सारी पुगेका थिए । थापा र यी जेनजी अगुवाबीच करिब डेढ घण्टा छलफल भएको थियो ।

छलफलमा जेनजी अगुवाहरूले सरकार र जेनजीबीच भएको सहमतिलाई कांग्रेसले पनि अपनत्व लिनुपर्ने माग राखेको जेनजी अगुवा युजन राजभण्डारीले बताए । साथै जेनजी आन्दोलनको क्रममा उठेका भ्रष्टाचार र सुशासनको मुद्दामा पनि दलहरू गम्भीर बन्नुपर्ने जेनजी अगुवाको कुरा थियो ।

‘अरु त्यस्तो केही कुरा भएन । जेनजी आन्दोलनका मुद्धा र मागलाई, अझ विशेषगरी सरकार र जेनजीबीचको १० बुँदे सम्झौतालाई दलहरूले अपनत्व लिनुपर्छ भनेर हामीले ध्यानाकर्षण गरायौं,’ युजनले भने ।

भेटघाटमा भदौ २३ र २४ गतेका घटनामा दलहरूको कमजोरी रहेको स्वीकारोक्ति गगनको थियो । त्यसैले कमजोरी सुधार्दै अघि बढ्ने बताएका उनले उक्त आन्दोलन आफूहरूको लागि सुध्रने मौका पनि रहेको जेनजी अगुवाहरूसँग बताएका थिए ।

‘तपाईंहरूको यो आन्दोलनको म्यान्डेट खेर जान दिनु हुँदैन । दलहरूले बुझ्नुपर्छ । यसलाई अपराधीकरण गर्नुभन्दा पनि एउटा स्पष्ट मार्गचित्र बनाउन सहयोग पुग्ने गरी अघि बढाउनुपर्छ,’ थापाको भनाइ उद्धृत गर्दै युजनले अनलाइनखबरसँग भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More