― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsजेनजीहरू किन आफ्नो डिम्ब भण्डारण गर्दैछन् ? – KhabarHost

जेनजीहरू किन आफ्नो डिम्ब भण्डारण गर्दैछन् ? – KhabarHost


डिम्ब भण्डारण गर्न महिलालाई महिनावारी भएको दोस्रो दिनबाट हर्मोनयुक्त इजेक्सन र औषधिबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ ।

राष्ट्रिय

समाचार.

  • एचएफडब्लुएको अध्ययनअनुसार २०१९ देखि २०२१ सम्म डिम्ब भण्डारण गर्ने युवतीको संख्या ६० प्रतिशतले वृद्धि भएको छ।
  • डिम्ब भण्डारण गर्ने उपयुक्त उमेर २५ देखि ३० वर्ष हो र ३५ वर्षपछि डिम्बको गुणस्तर र संख्या घट्न थाल्छ।

यदि तपाईंले आफ्नो भविष्यका लागि आफैंलाई केही दिन चानुभयो भने के दिनुहुन्छ ?

एउटा भब्य घर, शान्दार गाडी वा मानसिक शान्ति ?

आजभोलिका युवतीहरू भविष्यकै लागि भनेर लगानी गरिरहेका छन् । त्यो घर वा गाडीको लागि होइन ।

सही पार्टनर फेला पार्ने र करियर स्थापित गर्ने समय निकाल्नुभन्दा अघिको लगानी हो । उनीहरू कम उमेरमै डिम्ब भण्डारणमा लगानी गरिरहेका छन् । ह्युमन फर्टिलाइजेसन एण्ड एम्ब्रोलोजी अथ्योरिटी (एचएफडब्लुए)को नयाँ अध्ययन भन्छ, ‘अण्डा भण्डारण गर्ने युवतीको लर्को बढिरहेको छ ।

रिपोर्टअनुसार २०१९ देखि २०२१ सम्म ६० प्रतिशत वृद्धि भएको छ, जसमा महामारीले पनि भूमिका खेलेको छ । २०१३ देखि २०१८ सम्म त यो ५२३ प्रतिशतले बढेको थियो, किनकि भण्डारण प्रविधि सुधारियो ।

बेलायतमा अण्डा भण्डारण गर्ने औसत उमेर ३७ वर्ष छ, तर २५ वर्षभन्दा कम उमेरमै डिब्ब भण्डारण गर्ने महिलाहरूको संख्या बढिरहेको छ । टिकटकमा यो ट्रेन्डले १२४ मिलियनभन्दा बढी भ्यूज पाइसकेको छ ।

किन जेनजीले डिम्ब भण्डारण गरिरहेका छन् ?

छोरी मान्छेसँग जन्मिँदै औसतमा १० देखि २० लाखसम्म डिम्ब हुन्छ । जब किशोरावस्थाको समय अर्थात् १३ देखि १४ वर्षमा प्रवेश हुन्छ । त्यतिखेर करिब तीन लाख डिम्ब मात्र बाँकी हुन्छ । प्रत्येक महिनावारी हुँदा भएका डिम्बहरू निख्रिंदै जान्छ । त्यसमा पनि सबैभन्दा राम्रो र गुणस्तरको डिम्ब २० देखि ३५ को उमेरमा निस्कन्छ ।

डिम्बाशयमा बिस्तारै कम गुणस्तरका अण्डा मात्र बाँकी हुन्छ । ३५ वर्षपछि डिम्ब खर्चिने दर तीव्र हुन्छ । डिम्ब सकिएपछि महिनावारी पूर्णरूपमा रोकिन्छ । जसलाई रजोनिवृत्ति भएको भनिन्छ ।

त्यसैले, अहिले अण्डा भण्डारण एउटा विकल्प बनिरहेको छ ।

जेन्जी युवतीहरूले इच्छाअनुरुप सन्तान जन्माउन सकियोस् भनेर सो विकल्प अपनाइरहेको देखिन्छ ।

करियर र व्यक्तिगत लक्ष्यका लागि

धेरैले करियर विकास, व्यवसाय विस्तार र आफ्नो उद्देश्य पूरा गर्न समय किन्न चाहन्छन् । एक आलेखअनुसार टोरन्टोकी एक विद्यार्थीले २५ वर्षमा अण्डा भण्डारण गरिन् । उनले भनिन्, ‘मैले अहिले यो कदम चाल्दा मेरो व्यवसायिक जीवनमा दखल नदिई उद्देश्य नजिक पुर्‍याउन समय दिन्छ, र एक दिन म आमाको रूपमा धेरै सक्षम हुन सकूँ ।’

मानसिक शान्ति 

यो प्रक्रियाले जैविक घडीको दबाबमा ‘पज’ लगाउँछ । धेरैले यति गरेपछि दिमागमा शान्ति मिल्ने बताउँछन् । उनीहरूका अनुसार यो प्रक्रिया बेलैमा अपनाउँदा सही समयमा बच्चा जन्माउन सकिन्छ । पहिलो बच्चा जन्माउने औसत उमेर ३०.९ वर्ष पुगेको छ, जुन नयाँ रेकर्ड हो । ३० वा ४० को तुलनामा २० वर्षमा अण्डा फ्रिज गर्दा क्रोमोजोमल असामान्यताको जोखिम कम हुन्छ ।

चिकित्सकीय आवश्यकतामा सहयोग

केहीलाई यो गर्ने पर्ने बाध्यता हुन्छ । २२ वर्षीया खादेजा बुरुक्स–सदरल्यान्डलाई स्तन क्यान्सर रहेको पत्ता लाग्यो । उनले त्यसको एक महिनामै आफ्नो अण्डा फ्रिज गरिन् । किनकि, किमोथेरापीले प्रजनन क्षमता नष्ट गर्न सक्छ ।

जोखिम पनि छ 

यो प्रक्रियामा हर्मोन इन्जेक्सनबाट डिम्ब ग्रन्थीलाई बढी उत्तेजित गर्ने भएकाले मुख्य जोखिम ओभेरियन हाइपरस्टिमुलेशन सिन्ड्रोमको हुनसक्छ । यो अवस्थामा डिम्बग्रन्थी सुन्निन्छ, दुख्छ र शरीरमा तरल पदार्थ जम्मा हुन्छ, जसले पेट दुख्ने, वाकवाकी, सास फेर्न गाह्रो हुने जस्ता समस्या निम्त्याउँछ ।

सामान्यतया यो जोखिम ५ प्रतिशतभन्दा कम महिलामा मात्र देखिन्छ ।

विशेषगरी २५ वर्षभन्दा कम उमेरका महिलामा, पीसीओस भएकाहरूमा वा धेरै अण्डा उत्पादन हुनेहरूमा यो जोखिम बढी हुन्छ । अर्को जोखिम हर्मोन इन्जेक्सनका कारण मानसिक स्वास्थ्य समस्या हुन सक्छ । हर्मोन परिवर्तनले मूड स्विंग्स, चिन्ता, थकान र केही महिलामा डिप्रेसन जस्ता लक्षण देखिन सक्छन् । यो प्रक्रियाको समयमा वा पछि हर्मोन स्तर घट्दा बढी महसुस हुनसक्छ, तर यो सामान्यतया अस्थायी हुन्छ ।

धेरै महिलाले यो भावनात्मक तनावलाई सामना गर्न सक्छन्, तर यदि पहिले नै मानसिक स्वास्थ्य समस्या छ भने चिकित्सकसँग छलफल गर्नु उपयुक्त हुन्छ । आर्थिक भार पनि ठूलो छ । यूकेमा एक चरणको औसत खर्च ३,३५० पाउन्ड (लगभग ५–६ लाख नेपाली रुपैयाँभन्दा बढी) छ, जसमा औषधि, स्क्यान, प्रक्रिया र भण्डारण समावेश हुन्छ ।
नेपाल वा अन्य देशमा पनि यो महँगो नै हुन्छ, र थप चक्र चाहिन सक्छ ।

सफलता दर सबैभन्दा महत्वपूर्ण कुरा हो । फ्रिज गरिएका अण्डाबाट जीवित बच्चा जन्मने दर प्रतिचक्र १८ प्रतिशत जति मात्र छ । यो दर उमेरमा निर्भर गर्छ । ३५ वर्षभन्दा कम उमेरमा फ्रिज गर्दा सफलता बढी हुन्छ, तर धेरै अण्डा (१५–२०) फ्रिज गर्नुपर्छ ।

उमेर बढ्दै जाँदा अण्डाको गुणस्तर घट्छ, त्यसैले सफलता कम हुन्छ ।

कति वर्षको उमेरमा भण्डारण गर्नु उपयुक्त हुन्छ ?

डिम्ब भण्डारणका लागि एकदमै उपयुक्त उमेर २५ देखि ३० वर्ष हो । तर ३५ वर्षको उमेरसम्म पनि डिम्ब भण्डारण गर्न सकिन्छ । ३५ वर्षको उमेरपछि डिम्बको गुणस्तर र संख्यामा ह्रास आउँछ । ३५ देखि ४० वर्षको उमेरसम्म पनि भण्डारण गर्न सकिन्छ । तर ४० वर्षको उमेरपछि भने भण्डारण गर्दा त्यति लाभदायक हुँदैन ।

सामान्यतयाः महिला ३५ वर्षभन्दा माथि गर्भधारण गर्दा महिलामा पनि विभिन्न खाले दीर्घरोग हुने र बच्चामा पनि केही जन्मजात असर देखिने जोखिम हुन्छ । तर ३० वर्षअगावै डिम्ब भण्डारण गरिएको छ भने ३५ वर्षमा बच्चा जन्माउँदा पनि ३० वर्षको उमेरमा जन्माएको जस्तै स्वस्थ बच्चा जन्मिन्छ ।

कसरी गरिन्छ भण्डारण ?

डिम्ब भण्डारण गर्न महिलालाई महिनावारी भएको दोस्रो दिनबाट हर्मोनयुक्त इजेक्सन र औषधिबाट डिम्ब विकास गर्ने प्रक्रिया सुरु गरिन्छ । यसलाई ‘ओभरियन स्टीमूलेसन’ भनिन्छ । यो प्रक्रिया सुरु गरेको १०–१२ दिनमा बीचबीचमा अल्ट्रासाउन्डको सहायताले डिम्ब कसरी विकास भइरहेको छ भनेर हेरिन्छ ।

जब डिम्ब परिपक्व हुन्छ, त्यसपछि अल्ट्रासाउन्डको मद्दतमा योनीद्वारमार्फत लामो सियोको माध्यमबाट डिम्बलाई डिम्बाशयबाट संकलन गरिन्छ । विभिन्न मिडिया अर्थात् रसायन (केमिकल)हरूमा प्रशोधन गरेपछि लिक्विड नाइट्रोजनमा फ्रिज गरेर राखिन्छ ।

कहिलेबाट प्रयोगमा आयो यो सेवा ?

सन् २००० को आरम्भदेखि गैरचिकित्सकीय प्रयोजनका लागि ‘एग फ्रिज’ गरेर राख्ने उपाय लोकप्रिय बन्यो । त्यसबेला ३० को दशकको उमेरका महिलाहरू डिम्ब सुरक्षित गरेर राख्नेमा सबैभन्दा धेरै थिए । तर अहिले यसो गर्नेमा कम उमेरका महिलाहरूको सङ्ख्या बढिरहेको छ ।

यो प्रक्रियाको सेवा विश्वव्यापी रूपमा उपलब्ध छ । तर देश अनुसार नियममा फरक पर्न सक्छ । चीनमा एकल महिलाले गैरचिकित्सकीय प्रयोजनका लागि ‘डिम्ब फ्रिज’ गर्न पाउँदैनन् । अस्ट्रिया र हङ्गेरीमा पनि स्वास्थ्यसम्बन्धी कारण बाहेक ‘एग फ्रिजिङ’ गर्न बन्देज छ ।

एजेन्सीको सहयोगमा 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More