― Advertisement ―

DESI परियोजनाले 47 मिलियन ग्यालेक्सी र क्वासारहरूबाट डाटा रेकर्ड गर्‍यो र ब्रह्माण्डको 3D नक्सा बनाएको छ जसले अँध्यारो ऊर्जाको रहस्यहरू खोल्न मद्दत गर्‍यो।

सबैभन्दा ठूला नक्सा 4 लाख र निर्मित 4 लाखहरू प्रयोग गरेर quasarsहजारौं रोबोटिक फाइबर आर्महरूले टाढाको आकाशगंगाहरूबाट प्रकाश खिच्योनयाँ डेटाले अँध्यारो ऊर्जा व्यवहारको बुझाइलाई...
HomeLatest newsजेनजीले सरकार र दलहरूलाई भने- चुनावमात्रै भएर हुँदैन

जेनजीले सरकार र दलहरूलाई भने- चुनावमात्रै भएर हुँदैन



१२ कात्तिक, काठमाडौं । सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना मागहरू पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनावमात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

साथै उनीहरूले आन्दोलनको मुख्य माग भनेको सुशासन रहेको र त्यसका लागि सरकारसँग सँगसँगै अघि बढ्ने बताएका छन् ।

‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ वार्तामा जेनजीहरूले भनेका छन् ।





Read More