― Advertisement ―

Intel र SambaNova ले भर्खरै तीन-चिप AI मेसिन बनाएको छ जसले GPUs, RDUs, र Xeon बीचको कामलाई विभाजित गर्दछ।

प्रो-भ्याल्म्प ह्यान्डले प्रो-भ्याल्प ह्यान्डले कन्भर्ट गर्दै क्यासहरूSambaNova RDUs ले उच्च थ्रुपुट र कम विलम्बतामा टोकनहरू उत्पन्न गर्दछIntel Xeon 6 प्रोसेसरहरूले कार्यभार वितरण व्यवस्थापन र...
HomeLatest newsजामुनाखर्क माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

जामुनाखर्क माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै


राष्ट्रिय

समाचार.

  • म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा मंसिर २० गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

१६ मंसिर, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषको आयोजनामा आगामी मंसिर २० गते शिविरको आयोजना गर्न लागिएको कोषका संस्थापक प्रकाश बानियाँले जानकारी दिए ।

बानियाँका अनुसार आस्था किड्नी एण्ड स्पेसलाइज्ड हस्पिटल पोखराको प्राविधिक सहयोगमा हाडजोर्नी रोग विशेषज्ञ डा. भिम सिक्देल सहित ६ जना चिकित्सक र अन्य मेडिकल स्टाप गरी २० जनाले शिविरमा स्वास्थ्य जाँच गर्नेछन् ।

शिविरमा निःशुल्क जनरल मेडिसिन, विशेषज्ञ स्वास्थ्य परीक्षण, मिर्गौला सम्बन्धी सम्पूर्ण समस्याहरूको परीक्षण हुने बानियाँले बताए । साथै हाडजोर्नी तथा नशा, पेट, छाती, मुटु, टाउको, सुगर, प्रेशर, थायराइड सम्बन्धी समस्या, स्त्री रोग, बाल रोग, छाला, नाक, कान, घाँटी, लगायत परीक्षण हुनेछ । जाँचपछि स्वास्थ्य परामर्श तथा निःशूल्क आधारभूत औषधिहरू वितरण गरिने विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानाले जानकारी दिए ।

शिविरमा ई.सीजी, भिडियो एक्स–रेको पनि व्यवस्था छ । शिविरमा जेष्ठ नागरिक र अशक्तलाई उपचारमा प्राथमिकता दिइनेछ । स्थानीय समाजसेवी हिराबहादुर बानियाँको स्मृतिमा छोराहरू प्रकाश बानियाँ, किरण बानियाँले कोष स्थापना गरेका हुन् । कोषबाट विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म अध्ययनरत जेहेन्दार, गरिब तथा विपन्न समुदायका विद्यार्थीहरूलाई छात्रवृत्तिस्वरुप पोशाक, स्टेशनरी, न्यानो कपडा र जुत्ता वितरण गर्ने गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More