― Advertisement ―

‘परिवारमा स्वागत छ’ – Qualcomm भन्छ कि यो खुशी छ कि Nvidia RTX Spark को साथ आर्म रेसमा सामेल भएको छ।

मै Qualcomm सँग Computex 2026, र यदि, म जस्तै, तपाईं कसरी सोचिरहनु भएको थियो कि कम्पनी — जसमा एक पटक <a-id-line=" मा विन्डोज थियो।...
Homeअन्तर्राष्ट्रियजापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे हत्या प्रकरणमा अभियुक्तले स्वीकारे अपराध

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबे हत्या प्रकरणमा अभियुक्तले स्वीकारे अपराध


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन्।
  • यामागामीले आफैंले बनाएको हतियारबाट आबेको हत्या गरेको र बदला लिनु भएको स्वीकार गरेका छन्।
  • उनीले आबेलाई युनिफिकेशन चर्चलाई समर्थन गरेको आरोप लगाएको र चर्चले परिवारलाई आर्थिक रूपमा धराशायी बनाएको बताए।

११ कात्तिक, काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् ।

अदालतमा सोधपुछको क्रममा उनले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकारेका हुन्

४५ वर्षीय यामागामीले जापानको नारा जिल्ला अदालतमा उपस्थित भएर हत्या र हतियारसम्बन्धी कानुनी उल्लंघनका आरोपमा भएको सुनुवाईको पहिलो दिन नै अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

जापानमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका शिन्जो आबेमाथि पश्चिमी जापानको नारा सहरमा चुनावी सभामा बोलिरहेका बेला सन् २०२२ जुलाई ८ मा गोली प्रहार भएको थियो ।

लगत्तै पक्राउ परेका यामागामीले आफैंले बनाएको हतियारबाट गोली प्रहार गरेको खुलेको थियो । गोली लागेर गम्भीर घाइते भएका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा केहीबेरमै निधन भएको थियो ।

यामागामीले बदला लिन आफूले स्वनिर्मित हतियार प्रयोग गरेर आबेको हत्या गरेको समेत स्वीकारेका अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै जापानी समाचार अनलाइन जापानटाइम्सले जनाएको छ ।

उनले आबेलाई युनिफिकेशन चर्च भन्ने विवादास्पद धार्मिक समूहलाई समर्थन गरेको आरोप लगाएका छन् । सो चर्चका कारण आफ्नो परिवार आर्थिक रूपमा धराशायी बनेको उनको आरोप छ ।

समाचार अनुसार यामागामीकी आमाले उक्त चर्चलाई करिब १० करोड येन (लगभग ६ लाख ६३ हजार अमेरिकी डलर) दान गरेकी थिइन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More