― Advertisement ―

‘एक साथ काम गर्ने तरिका खोज्नुहोस्’ – रक्षा र एन्थ्रोपिक विभागलाई सैम अल्टम्यानको सन्देश

सैम एल्टेन्सेन्स र सरकारलाई पिक्सेल एण्टेन्सेन्स र सरकार एआई गभर्नेन्समा सँगैउनले एआई र राष्ट्रिय सुरक्षा निर्णयहरूमा सरकारको अधिकार हुनुपर्छ भन्ने तर्क गरेउहाँले अझै पनि...
HomeLatest newsजाँचबुझ आयोगले लिएको रविको बयान सकियो – KhabarHost

जाँचबुझ आयोगले लिएको रविको बयान सकियो – KhabarHost



१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बुधबार दिनभर बयान लिएको थियो । बयानका लागि उनलाई नख्खु कारागारबाट बिहान सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको थियो ।

उनले बयानपछि आफ्ना शुभचिन्तकसँग छोटो प्रतिक्रिया दिए । प्रहरीकै भ्यानभित्र रहेका उनलाई शुभचिन्तकले केही बोलिदिन आग्रह गरेका थिए ।

सो क्रममा उनले भनेका छन्, ‘समय आउँदैछ ।’

जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई बोलाएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए ।

रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुन: कारागारमै फर्किएका थिए ।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More