― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsजाँचबुझ आयोगले केपी ओलीलाई काट्यो पत्र – KhabarHost

जाँचबुझ आयोगले केपी ओलीलाई काट्यो पत्र – KhabarHost


राष्ट्रिय

समाचार.

  • जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।
  • आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ र पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा छ।
  • सरकारले असोज ६ गते आयोग गठन गरेको थियो र तीन महिना म्याद थपेर काम जारी राखिएको छ।

२० पुस, काठमाडौँ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

सार्वजनिक रुपमै बयान दिन नजाने, किन जाने ? भन्दै प्रतिवाद गरिरहेका ओलीलाई आयोगले पत्र पठाएको हो ।

आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ । लेखकको बयान सकिएसँगै पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र लेखेको हो ।

आयोगले यसअघि लेखक, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ ।

सरकारले असोज ६ गते कार्की नेतृत्वमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने गरी आयोग गठन गरेको हो । तीन महिना म्याद पाएको आयोगले कामकारबाही नसकेपछि एक महिना थपिएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा गोली चलेको विषय, दमन भएको विषयमा तत्कालीन सरकार प्रमुखको हैसियतले केपी ओलीमाथि बयान लिन लागिएको हो । ओलीले उक्त दिन आफूले गोली चलाउने आदेश नदिएको प्रष्टिकरण सार्वजनिक कार्यक्रममा दिँदै आइरहेका छन् । तत्कालीन गृहमन्त्री लेखकले आयोगसमक्ष नै आफूले गोली चलाउने आदेश नदिएको बताइसकेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More