― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
Homeजस्तो भए नि बलियो हुनुपर्छ – KhabarHost

जस्तो भए नि बलियो हुनुपर्छ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • जेनजी आन्दोलनका क्रममा गोली लागेर घाइते दिपेन्द्र बस्नेतको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको छ।
  • दिपेन्द्रको दिदी भगवती बस्नेतले अस्पतालमै भाइटिका लगाइदिएकी थिइन् र उनले भनेकी थिइन्, ‘धन्न भाइटिका मनाउन पाइयो’।
  • दिपेन्द्रको शरीरको बायाँ हात र खुट्टा चल्दैन र उनी एक्लै उभिन सक्दैनन् भने उनको श्रीमतीले उनलाई आड दिइरहेकी छिन्।

पृष्ठभूमिमा मालश्री धुन बजिरहेको थियो ।

सायद उनीहरूले त्यसको हेक्का गरेनन् । तर अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरको छतमा जेनजी आन्दोलनका सख्त घाइते दिपेन्द्र दिपेन्द्रले भाइटिका लगाइरहँदा उनीहरूकै लागि बजाइदिए जसरी कतै बजेको त्यो धुन प्रष्ट सुनिँदै थियो ।

अस्पतालले छतमा सानो कृत्रिम बगैंचा बनाएको रहेछ । ११ बजिसकेकाले बगैंचाको धेरै भागमा टड्कारो घाम लागिरहेको थियो । बगैंचाको किनार छेउ अलि घाम थिएन । जहाँ दैलेखका दिपेन्द्रलाई आफ्नी दिदी भगवती बस्नेतको हातबाट भाइटिका लगाउँदै थिए ।

००० ००० ०००

गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २८ वर्षीय दिपेन्द्र संसद भवन बानेश्वरको दक्षिणी गेट अघिल्तिरको ब्यारिकेडमा अडेस लागेसरी ढलेका थिए । उनलाई टाउकोमा गोली लागेको थियो । तस्विर मर्माहत पार्ने थियो ।

त्यो सामाजिक सञ्जाल तुरुन्तै व्याप्त बन्यो । कतिपयले त्यस्तो अवस्था देखेर उनको मृत्युको अफवाह फैलाए । तर दैलेख भगवतीमाई गाउँपालिका-१ बस्ने उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको थियो ।

एक महिना बढी अस्पताल बसेपछि अहिले उनको स्वास्थ्य क्रमिक सुधार भइरहेको छ । उनीसँगै अस्पतालमा उपचार गराइरहेका थुप्रै घाइते डिस्चार्ज भइसके । यस अस्पतालमा उनी मात्र एक्लै रहेका छन् ।

अब उनको अर्को प्रमुख अपरेसन अझैं बाँकी छ ।

००० ००० ०००
अस्पतालको पाँचौं तल्लाको ५१० शैयामा पुग्दा उनी बायाँ कोल्टे फेरेर मोबाइलमा केही हेरिरहेका थिए । आमा नजिकैको बेन्चमा बसिरहेकी थिइन् । उनको छोरो असिम बस्नेत पनि मोबाइलमा नै केही हेरिरहेका थिए । श्रीमती सङ्गीता कुमारी खड्काले उनको लुगा फेरिदिन खोज्दै थिइन् ।

आज भाइटिका । अनि भाइलाई टिका लगाइदिन सानेपाबाट उनकी दिदी भगवती बस्नेत अस्पताल आउँदै थिइन् । बिहानको १० बजे आसपास नै दिदी कतिबेला आउँछिन् भनेर दिपेन्द्र श्रीमतीलाई सोधिरहेकी थिइन् । ‘केहीबेरमा आइहाल्नु हुन्छ होला’ उनी श्रीमती जवाफ दिइरहेकी थिइन् ।

उनीहरू रहेको त्यस तलामा अन्य बिरामीहरू पनि थिए । त्यहाँ उत्सव मनाइए अरूहरूलाई असर पर्ने थियो । अनि उनीहरू छतमा बनाइएको बगैंचातिर लागेका थिए । ११ बज्दासम्म दिदी भगवती पनि आइसकेकी थिइन् ।

उनले जेब्रा झोलामा भाइटिका लगाइदिन आवश्यक पर्ने सामानहरू लिएर आएकी थिइन् । मिडिया छेवैमा भएकाे होला, उनी त्यति खुलिरहेकी थिइनन् । ‘राम्रो देखिँदैन होला’ भनेर हामीलाई भिडियो नखिच्न आग्रह गर्दै थिइन् । बुहारी सङ्गीताले ‘केही हुन्न हौ दिदी, अब अस्पतालमा यस्तै त हुन्छ’ भन्दै फकाइरहेकी थिइन् ।

कुरा गर्दै भगवतीले दुई वटा म्याटलाई जोडिन् । त्यसमा आवश्यक सामग्री राख्दै गइन् । चोखो तेल, टिकाको थाली, रङ, धुप, ओखर, माला, फलफूल र भाइ मसला आदि ।

उनलाई त्यो काम गर्न भतिज असिमले दिइरहेकी थिए । ४ वर्ष पुग्दै गरेको उनलाई खेल्न र जिस्कन नै रमाइलो लागिरहेको भान हुन्थ्यो ।

यसैबीच वैजनी रङको सर्ट र फितलो खैरो पाइन्टमा सजिएका दिपेन्द्रलाई रातो रङको कुर्ता लगाएकी श्रीमतीले आडस दिँदै म्याटमा बसाइन् । दिपेन्द्र एक्लै उभिन सक्दैन थिए । उनको शरीरको बायाँ हात र खुट्टा चल्दैन ।

खुट्टालाई लम्पसार पारेर दिपेन्द्र श्रीमतीको अङ्गालोमा अडेस लागिरहेका थिए । कसैले लगिजान्छ झैं गरी उनले पनि निष्फ्रिकी तर सचेत भएर श्रीमानलाई आड दिइरहेकी थिइन् ।

सबै सामान तयार पारिसकेपछि सुरुमा भगवतीले भाइलाई तीन फन्को मारिन् । तेलको कचौंरा लिएर फेरि तीन फन्को मारिन् । त्यहाँ नक्कली झार बिछ्याइएकाले तेल चुहाउन मिल्दैन थियो । चुहाए जस्तो गरिन् ।

त्यसपछि भाइको अघिल्तिर बसिन् । तर सिलसिलाबद्ध रङ लगाउन झुक्किरहेकी थिइन् । सबैभन्दा सुरुमा कुन रङ लगाउँ भनेर बुहारीलाई थिइन् ।

उत्तर पाएपछि उनले भाइको निधारमा सुरुमा सेतो रङ लगाइन् । त्यसपछि क्रमिक रूपमा पहेंलो, बैजनी, हरियो, निलो र रातो रङ लगाइदिन् । माला लगाइदिइन् ।
र, आसिक दिइन्– जस्तो भए नि बलियो हुनु पर्छ ।

उनले योभन्दा थप केही भनिनन् । सायद उनलाई परिस्थितिले थप बोल्न दिएन ।

निदारमा टिका लगाइसकेपछि दिपेन्द्रले सकीनसकी दिदीलाई ढोगिदिए । र, उनले पनि दिदीको निदारमा उसै गरी टिका लगाइदिए ।

टिका लगाइदिँदै गर्दा दिदीभाइ केही बोलेनन् । उसै त दिपेन्द्र अरू बेला पनि कम बोल्थे । त्यहाँ झन् केही बोलेनन् ।

उनलाई राम्ररी टिका लगाइदिन शरीर र मन दुवैले गाह्रो बनाइरहेको थियो । बेलाबेला श्रीमतीले आड दिइरहेकी थिइन् । तर मन बलियो बनाउन सकेनन् ।

थाहै नपाइ उसको आँखा रसायो ।

दिदीलाई टिका लगाइसक्दासम्म उनले दिदीलाई सोझो हेर्न सकेनन् । दिदीले आँसु खसालिनन् ।

केही बेरको सन्नाटापछि दायाँ गोजीबाट केही पैसा झिकेर उनले दिदीको हातमा थमाइदिन् ।

त्यसपछि भगवतीले बुहारी र असिमलाई पनि टिको लगाइदिइन् ।

००० ००० ०००

रहर त आफ्नै कोठामा बसेर उनीहरूलाई भाइटिका मनाउने छ । तर अस्पतालको बसाईं सकिएन । बाहिर जान सक्ने अवस्था छैन । तिहार आइहाल्यो । अनि उनीहरूले भाइटिका अस्पतालमा नै मनाउने निर्णय गरे ।

अहिले दिपेन्द्रको दाइ रबिन बस्नेत विदेशमा छन् । बुबा चार दिन अघि मात्रै गाउँ फर्किए । पालोमा आमा आइन् ।

सामान्य वर्षहरूमा उनीहरूले कहिले काठमाडौ त कहिले गाउँमा टिका लगाउँदै आइरहेका थिए । यसपटक अस्पतालमा ।

टिका लगाइदिसकेपछि दिदी भगवतीले ‘धन्न भाइटिका मनाउन पाइयो’ भनेर हामीलाई सुनाइन् । अर्को पटक आफ्नै घरमा लगाउने पनि बताइन् ।

त्यहाँबाट हामी बिदाइ हुँदै गर्दा दिपेन्द्र उसैगरी श्रीमतीको आडमा थिए । आमा उनीहरूको छेवैमा थिइन् । छोरो केही शान्त देखिएको थियो । अनि भगवतीले सेल्फी खिच्न थालिसकेकी थिइन् ।

यसबेलासम्म मालश्री धुन बज्न बन्द भइसकेको थियो ।

तस्विर: आर्यन धिमाल

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More