― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsजसपा लुम्बिनी प्रदेश अध्यक्षमा पठान चयन – KhabarHost

जसपा लुम्बिनी प्रदेश अध्यक्षमा पठान चयन – KhabarHost


राष्ट्रिय

समाचार.

  • अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरी कपिलवस्तुमा ५१ सदस्यीय समिति गठन गरेको छ।
  • अकरम पठानलाई अध्यक्ष, नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी र लालिमा मल्ललाई उपाध्यक्ष चयन गरिएको छ।
  • पार्टी अध्यक्ष राईले भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने र महासचिव इश्तियाक राईले बृहत मोर्चा निर्माण गर्दै निर्वाचनमा जाने बताए।

२१ मंसिर, बुटवल । अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले लुम्बिनी प्रदेश समिति पुनर्गठन गरेको छ ।

कपिलवस्तु जिल्लामा सम्पन्न पार्टीको प्रदेश समिति पुनर्गठन भेलाले अकरम पठानको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

पार्टीको नवगठित प्रदेश समितिको उपाध्यक्षमा नेत्रबहादुर थापा, मोहम्मद अस्लम अन्सारी र लालिमा मल्ललाई चयन गरिएको छ ।

त्यसैगरी मुख्य सचिवमा विवेकचन्द्र मिश्र, सचिवहरूमा सुनिल पाठक र सुमित्रा नेपाली तथा कोषाध्यक्षमा मोहम्मद जुनेद कादरी चयन भएका छन् ।

त्यस्तै प्रदेश सदस्यहरूमा राजीव बर्मा, तरन्नम बानु ढपाली, साबित्री गिरी, वाहिद हलुवाई, जकी खान, सगीर खान, अमोद तिवारी, अनिल जयसवाल, नदीम इदरिसी, नसिम पठान लगायत ४२ जना चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अशोककुमार राईले मुलुक दलहरूबीचको भागबन्डाको राजनीतिले थिलोथिलो भएको बताए । अध्यक्ष राईले अब भागबन्डाको राजनीति अन्त्य हुनुपर्ने बताए ।

पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले विचार तथा एजेन्डा मिल्ने पार्टीहरूसँग बृहत मोर्चा निर्माण गर्दै निर्वाचनमा जाने बताए ।





Read More