― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsजसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्

जसपा नेपालले भन्यो- पाँचकुने तारा अन्य दलले दाबी नगरुन्



१८ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्नो पार्टीको झण्डामा अंकित पाँचकुने तारा अन्य दलले चुनाव चिह्न दाबी गर्न नपाउने भनेको छ ।

पार्टीका प्रवक्ता मनिष सुमनले विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने तयारी छ । यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भइसकेको छ ।

तर, जसपा नेपालले विज्ञप्ति निकालेर राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ६ (१) (ङ), दफा (९), दफा ५४ (७) (क) विपरीत आफ्नो पार्टीको झण्डामा रातो पृष्ठभूमिमा अंकित पाँच कुने तारालाई अन्य कुनै राजनीतिक दलले आफ्नो चुनाव चिह्र दाबी गर्न नपाउने बताएको हो ।

‘जनता समाजवादी पार्टी, नेपालको झण्डामा प्रयोग गरी आएको उक्त पाँच कुने तारा चिन्ह अन्य कुनै राजनीतिक दललाई निर्वाचन चिन्ह वा अन्य चिन्हको रूपमा प्रयोग नगर्न हुन आग्रह गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

साथै यस सम्बन्धमा निर्वाचन आयोगसमेतको ध्यानाकर्षण गराउने जसपा नेपालले बताएको छ ।





Read More