― Advertisement ―

चीनले समुद्री पानीबाट युरेनियम निकाल्छ, ईन्धनले भरिएको महासागरहरूको साथ “असीमित ब्याट्री जीवन” को 2050 लक्ष्यको नजिक जान्छ

चीनले मार्लेभल किलोअनग्राम मुनिबाट सफलतापूर्वक निकासी गर्यो अवस्थाहरूसबै ज्ञात भूमि-आधारित निक्षेपहरू भन्दा महासागरहरूमा धेरै युरेनियम हुन्छसमुद्री पानीको युरेनियम सांद्रता अत्यन्त कम छ, जसले रिकभरी...
HomeLatest newsजय ट्रफी क्रिकेट फागुन ८ देखि – KhabarHost

जय ट्रफी क्रिकेट फागुन ८ देखि – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल क्रिकेट संघले फागुन ८ देखि १९ गतेसम्म जय ट्रफी मेन्स इलिट कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
  • प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।
  • फाइनल खेल फागुन १७ देखि १९ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा जय ट्रफी मेन्स इलिट कप क्रिकेट प्रतियोगिता फागुन ८ देखि १९ गतेसम्म हुने भएको छ ।

क्यानले बुधबार विज्ञप्ती जारी गर्दै खेलतालिका सार्वजनिक गरेको छ ।

जय ट्रफीमा गत वर्षको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेक नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

सार्वजनिक खेलतालिका अनुसार प्रतियोगिताको लिग चरणका खेलहरु सिंगल राउण्ड रोविनको आधारमा हुनेछ ।

पहिलो खेल फागुन ८-९ गते त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यही समयमा एपीएफ र बागमती प्रदेशबीच मुलपानी मैदानमा खेल हुनेछ ।

यस्तै फागुन ११-१२ गते त्रिवि अन्तर्राष्ट्रिय मैदानमा एपीएफ र पुलिसबीच तथा मुलपानी मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

त्यसैगरी फागुन १४–१५ गते त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल पुलिस र बागमती प्रदेश तथा मूलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच खेल हुनेछ ।

लिग चरणपछि शीर्ष दुई फाइनल प्रवेश गर्नेछन् । फाइनल खेल तिनदिवसिय हुनेछ । फाइनल खेल फागुन १७ देखि १९ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

खेलतालिका:

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More