― Advertisement ―

‘एक साथ काम गर्ने तरिका खोज्नुहोस्’ – रक्षा र एन्थ्रोपिक विभागलाई सैम अल्टम्यानको सन्देश

सैम एल्टेन्सेन्स र सरकारलाई पिक्सेल एण्टेन्सेन्स र सरकार एआई गभर्नेन्समा सँगैउनले एआई र राष्ट्रिय सुरक्षा निर्णयहरूमा सरकारको अधिकार हुनुपर्छ भन्ने तर्क गरेउहाँले अझै पनि...
Homeअन्तर्राष्ट्रियजमैकामा समुद्री आँधीले निम्त्यायो विनास, विवरण आउनै बाँकी

जमैकामा समुद्री आँधीले निम्त्यायो विनास, विवरण आउनै बाँकी



१३ कात्तिक, काठमाडौं । जमैकाको इतिहासमा सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’ ले क्यारेबियन द्वीपमा भीषण विनास निम्त्याएको छ ।

तीव्र गतिको हावा र भारी वर्षाले घरहरूसँगै आधारभूत संरचनाहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

भारी वर्षापछि आएको बाढीले कयौं मानिसहरूको मृत्यु भएको बीबीसीले जनाएको छ । कति जनाको मृत्यु भएको हो भन्ने पूर्ण विवरणा भने आइसकेको छैन ।

जमैकामा यसका असर सबभन्दा बढी बुधबार देखिएको बताइएको छ । समुद्री आँधी ‘मेलिसा’बाट हाइटीमा पनि बाढी जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ ।

जमैकामा कयौं मानिसहरू अहिले पनि घरको छतमा फसेका छन् भने विद्यतु आपूर्ति ठप्प भएको छ ।

प्रधानमन्त्री एन्ड्रयु होलनेसले पूरे देशमा ‘पूर्ण ध्वंश’ को स्थिति रहेको बताएका छन् । आँधीपछि अधिकांश भागमा अँध्यारो छाएको र फोन सेवा ठप्प भएको समाचारमा उल्लेख छ ।





Read More