― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
Homeराष्ट्रिय समाचारजनार्दनले पठाएका थिए पार्टीमा अन्तिम सन्देश, प्रस्तुत हुनै पाएन

जनार्दनले पठाएका थिए पार्टीमा अन्तिम सन्देश, प्रस्तुत हुनै पाएन



१८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट बिदा लिएका नेता जनार्दन शर्माले पार्टीलाई पठाएको अन्तिम सन्देश प्रस्तुत हुनबाट रोकिएको छ ।

मंगलबार पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो । बैठकका दुई एजेन्डा थिए– शोक प्रस्ताव र एकताबारे जानकारी । दुवै एजेन्डा पारित भए ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले बैठकलाई सम्बोधन गरे ।

यसैबीच असन्तुष्ट नेता शर्माले आफूपक्षीय तीन नेतालाई सन्देश पढेर सुनाउन पठाएका थिए । लिखित रुपमा शर्मा पक्षको भनाइ लिएर राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरू ओम शर्मा, मनऋषि धिताल र पुष्प न्यौपाने बैठकमा पुगेका थिए ।

बैठकमा न्यौपानेले शर्माले पठाएको सन्देश पढेर सुनाउन खोजेका पनि थिए । तर, पाएनन् ।

आफ्नो समूहको धारणा राख्न खोज्दा समय सकियो भन्दै बोल्न रोक लगाइएको न्यौपानेको भनाइ छ ।

‘हामीले आफ्नो धारणा राख्न भन्दै समय मागेका थियौं, तर समय सकिएको भन्दै हाम्रो धारणा राख्न दिइएन,’ उनले भने ।

तर, पार्टीका कार्यालय सचिव गणेशमान पुनले भने आजको कसैले पनि लिखित र मौखिक रुपमा धारणा लिनका लागि समय नमागेको जिकिर गरे ।

पार्टीका दुईवटै एजेन्डा पारित गर्नका लागि करिब पाँच मिनेटसम्म हलमा ताली बजाइएको थियो । त्यसपछि कसैलाई धारणा छ भनेर पनि सोधिएको पुनको दाबी छ ।

‘कसैको केही धारणा छ भनेर सोधिएको थियो । तर कसैले पनि त्यसबारे जानकारी गराएको थिएन,’ पुन भन्छन्, ‘लिखित रुपमा पनि मौखिक रुपमा पनि कसैले म बोल्छु भनेर समय मागेको थिएन । त्यहाँ कोही पनि उठेन ।’

यस्तो छ पार्टीमा शर्माले पठाएको सन्देश :

नेकपा माओवादीको पार्टी एकताप्रति हाम्रो धारणा

१. विधि–पद्धतिबाट विचलित निर्णय अस्वीकार्य छ

नेकपा माओवादी केन्द्र हाल महाधिवेशन आयोजक समितिका रूपमा रहेको थियो। जसको प्रमुख दायित्व विशेष महाधिवेशन सम्पन्न गर्नु हो । तर, सो समितिले आफ्नो म्यान्डेटभन्दा बाहिर गएर “ध्रुवीकरण” गर्ने निर्णय गरेको छ, जुन पूर्ण रूपमा विधि र पद्धतिको दायराबाहिरको कदम हो। यो विगतमा पटक पटक दोहरिएर असफल भइसकेको छ । यस्तो निर्णय हामीलाई स्वीकार्य छैन। ध्रुवीकरण कुनै पनि हालतमा पुनर्संरचनाको जगमा आधारित हुनुपर्छ, नकि संगठनात्मक अराजकतामा ।

२. हामी माओवादी पार्टी त्यागेका होइनौं

हामीले माओवादी पार्टी छोडेका होइनौं — बरु पार्टीको मूल मर्म, आदर्श, महान जनयुद्ध र जनआन्दोलनका मूल्यहरू त्याग्नेहरू स्वयं वर्तमान नेतृत्वहरु हुन् । उनीहरू जनताको सपना र बलिदानबाट विमुख भई आत्मसमर्पणको बाटोमा हिँडेका छन् । तर हामी परिवर्तन र समृद्धिको आदर्शप्रति निष्ठावान रहँदै, जनताको पक्षमा निरन्तर संघर्षरत छौं र रहिरहनेछौं ।

३. कथित ‘ध्रुवीकरण’ एउटा षड्यन्त्र हो

कथित ध्रुवीकरण कुनै विचार वा सिद्धान्तको स्पष्टीकरण होइन। बरु यो नेताहरूका गल्ती र असफलता ढाकछोप गर्ने, विशेष महाधिवेशन रोक्ने, पार्टी पुनर्संरचना तथा नेतृत्व हस्तान्तरणको अभियान अवरुद्ध गर्ने सुनियोजित षड्यन्त्र हो । यस्तो प्रवृत्ति जनताको आँखामा धुलो हाल्ने र माओवादी आन्दोलनको पुनर्जागरणप्रति भयभीत हुने सोचको प्रतिबिम्ब हो। हामी यसलाई अस्वीकार गर्छौं ।

४. परिवर्तनको सम्पूर्ण विरासत हाम्रो हो

जनयुद्ध, जनआन्दोलन र बलिदानको सम्पूर्ण विरासत हामीले बोकेका छौं। हामीले आदर्श त्यागेका छैनौं, जनताको विश्वासमा धोका दिएका छैनौं। त्यसैले परिवर्तनको असली हकदार हामी नै हौं ।

अब हामी पार्टी पुनर्संरचना र पुनर्गठन अभियानलाई सशक्त रूपमा अघि बढाउँदै, नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने छौं। नेपालका राजनीतिक पार्टी र आन्दोलनहरूको पुनर्संरचना, परिमार्जन, परिष्कार र संश्लेषण गर्दै फेरि जनताको आशा–विश्वासलाई पुनर्जीवित गर्नेछौं ।

हामी माओवादी आन्दोलनलाई नयाँ उचाईमा विकास गर्दै राष्ट्रिय शक्तिका रुपमा उठाएर फेरि एकपटक जनताको वास्तविक आन्दोलनका रूपमा पुन:स्थापित गर्ने दृढ प्रण गर्दछौं ।

हाम्रो प्रतिबद्धता विचारमा हो, संघर्षमा हो, र सदा जनताको पक्षमा हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More