― Advertisement ―

भारतको केन्द्रीय बैंकका प्रमुख भन्छन् कि एआईले मानिसहरूले अस्वीकार गरेको ऋणलाई अनुमोदन गर्न सक्छ, टेक्नोलोजी भनेको ‘उत्तरदायी रूपमा प्रयोग गर्न सक्ने क्षमता हो र...

आरबीआई गभर्नरलाई बताउने वैकल्पिक डेटाको रूपमा सानजाय बैंक नगद प्रवाह, GST फाइलिङ, र उपयोगिता भुक्तानीहरूले उधारकर्ताहरूलाई क्रेडिट विस्तार गर्न सक्छ जुन म्यानुअल अन्डरराइटिङले हाल...
HomeLatest newsछालाको उपचार र सौन्दर्यका लागि पोखरामा खुल्यो ‘लेट मी इन’

छालाको उपचार र सौन्दर्यका लागि पोखरामा खुल्यो ‘लेट मी इन’


राष्ट्रिय

समाचार.

  • कोरियन सौन्दर्य अस्पताल ‘लेट मी इन’ पोखरामा सञ्चालनमा आएको छ र यसका लागि करिब ५ करोड लगानी गरिएको छ।
  • लेट मी इनले ८ वर्षदेखि काठमाडौंमा सेवा दिइरहेको थियो र अब पोखरामा पनि शाखा विस्तार गरेको छ।
  • उद्घाटनको अवसरमा सबै सेवामा ३५ प्रतिशत छुट र डाक्टर परामर्श निःशुल्क उपलब्ध गराइएको छ।

५ मंसिर, पोखरा। पोखरेलीका निम्ति छालाको उपचार र सुन्दरताका लागि नै भनेर ‘लेट मी इन’ कोरियन सौन्दर्य अस्पताल सञ्चालनमा आएको छ ।

८ वर्षदेखि काठमाडौंमा सेवा दिइरहेको लेट मी इनले शुक्रबारदेखि पोखरामा पनि सेवा बिस्तार गरेको हो । छाला सम्बन्धी उपचार र सुन्दरताका निम्ति कोरियाली प्रविधि र उत्पादित सामाग्री नामी छ ।

पोखरा ट्रेड मलको चौथो तलामा छालाको उपचार र सुन्दरताका लागि कोरियाली अस्पताल करिब ५ करोड लगानीमा सुरु भएको लेट मी इनका कन्ट्री डाइरेक्टर विनोद सुवेदीले जानकारी दिए ।

कोरियाली प्रविधि र गुणस्तरीय सामाग्रीको लोकप्रियता, नेपालीहरुको माया र हौसलाले पोखरामा पनि शाखा बिस्तार गरिएको लेट मी इनका अध्यक्ष मा तोङ सुले जानकारी दिए । यसअघि यो कम्पनीले काठमाडौंको बानेश्वर र महाराजगञ्जबाट सेवा दिइरहेको थियो ।

पोखराको माग र सम्भावनाको अध्ययन गरेर यो शाखा बिस्तार गरिएको लेट मी इन पोखराका सिइओ शिवराम तिवारीले जानकारी दिए । पोखरामा खोलिएको शाखाको नायिका नीति शाह, कन्टेन क्रियटर सिशन बानियाँलगायतले रिबन काटेर उद्घाटन गरे ।

डाक्टरसहितको सुविधा रहेको शाखामा नर्स, स्वास्थ्यकर्मी र सहयोगी गरी १५ कर्मचारी छन् । अत्याधुनिक प्रविधिसहितको सुविधा भएको पहिलो सौन्दर्य अस्पताल रहेको कम्पनीको दावी छ ।

उदटनको अवसरमा सबै सेवामा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको शाखाका सिइयो तिवारीले जानकारी दिए । डाक्टर परामर्श निुशुल्क साथै नोभेम्बर ३० सम्म छुट सेवा प्राप्त हुनुको साथै एउटा सामान किन्दा अर्को सामान उपहार पाइने छ ।





Read More