― Advertisement ―

UAE मा ठूला सौर्य फार्महरूले गल्तिले वर्षाको आँधी सिर्जना गर्न सक्छ जसले मरुभूमिहरूले पानीको अभावलाई कसरी व्यवस्थापन गर्न सक्छ भनेर पुन: आकार दिन सक्छ।

अँध्यारो मात्रै पानीमा परिणत हुँदैन, तातो बादलमा परिणत हुँदैन बिजुली२० वर्ग किलोमिटरको सौर्य फार्मले क्लाउड सिडिङको वर्षभन्दा बढी वर्षा उत्पादन गर्छपर्सियन गल्फको आर्द्र हावाले...
HomeLatest newsछविलाल विश्वकर्मा – KhabarHost

छविलाल विश्वकर्मा – KhabarHost



३ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले अहिलेको संविधानलाई मुर्छित पारिएको टिप्पणी गरेका छन् । साथै, उनले व्यवस्थाका विरोधमा अनेकौं प्रकारबाट चिथोर्न काम भइरहेको उनको भनाइ छ ।

काठमाडौंमा आयोजित स्थानीय जनप्रतिनिधिहरूको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘अहिले यो संविधानलाई मुर्छित पारिएको छ । व्यवस्थाका विरोधमा अनेकौं प्रकारले चिथोर्ने काम भइरहेका छन् । यस अवस्थामा हाम्रा अध्यक्ष केपी ओलीको साथ नेकपा एमाले सडकमा उभिएको छ,’ उनले भने, ‘हिजोमात्रै असंवैधानिक रुपमा विघटित भएको संसद्का नेताहरू बैठक बसेर कानुनी प्रक्रिया अघि बढाउने सन्दर्भमा निष्कर्षमा पुगेको स्थिति छ ।’

साथै, उनले पार्टी नेतृत्वको विरुद्धमा भइरहेको प्रहार सामना गर्न तम्तयार हुनुपर्ने पनि बताए ।

‘अब हामीले मंसिर ६ गते जनसभाको आयोजना गरेका छौं,’ उनले भने, पार्टी र पार्टी नेतृत्वका विरुद्धमा जसरी प्रहार भइरहेको छ यसको सामना गर्न हामी तम्तयार हुनुपर्नेछ ।’

उनले स्थानीय तहका प्रतिनिधिले पार्टीलाई बलियो बनाउनेगरी तयारी थाल्न पनि आग्रह गरे ।





Read More