― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsछठका यी दुई तस्वीरले ल्याएको तरंग – KhabarHost

छठका यी दुई तस्वीरले ल्याएको तरंग – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • छठ पर्वका क्रममा सामाजिक सञ्जालमा भाइरल भएका दुई तस्वीरले जातीय र वर्गीय विभेदको बहस चर्काएको छ।
  • पहिलो तस्वीरमा आर्थिक रूपमा कमजोर रञ्जिता महतोले खुला आकाशमुनि छठ गरेकी थिइन्, जातीय विभेद नभएको पुष्टि भएको छ।
  • दोस्रो तस्वीरमा डोम समुदायका महिलालाई जातीय छुवाछुतका कारण सामूहिक पण्डालमा छठ गर्न नदिएको र उनीहरूले अलग्गै छठ मनाएको देखिन्छ।

१३ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई श्रद्धा, आस्था, अनेकतामा एकता र सद्‌भावको महापर्व मानिन्छ ।

यस वर्ष पनि हर्सोल्लासपूर्वक चारदिवसीय छठ पर्व मंगलबार सम्पन्न भयो । तर पर्वका क्रममा खिचिएका दुई तस्वीरले समाजमा तरंग ल्याएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका यी दुई तस्वीरले धेरैको ध्यान तानेको छ । कतिपयलाई स्तब्ध बनाएको छ ।

यी दुई तस्वीरले समाजमा रहेको जातीय र वर्गीय विभेद उजागर गरेको भन्दै बहस चर्किएको छ । धेरैले तस्वीरमा जातीय विभेद झल्किएको भन्दै आलोचना गरेका छन् । छठमा खिचिएका यिनै दुई तस्वीरको बारेमा यथार्थ खोज्ने प्रयास गरिएको छ ।

तस्वीर १

तस्वीरमा घुंघट ओढेकी एक महिला छठका सामग्रीसहित नदी किनारमा बसिरहेकी छिन् । वरिपरि दुई बालबालिका खेलिरहेका देखिन्छन् । तस्वीरले उनी विपन्न पृष्ठभूमिकी हुन् भन्ने झल्को दिलाउँछ ।

सामाजिक सञ्जालमा हजारौं प्रयोगकर्ताले यो तस्वीर सेयर गर्दै ‘दलित भएकै कारण महिलाले छुट्टै घाटमा छठ गरेकी’ भनेर दाबी गरेका थिए । तर पछि यो दाबी गलत भएको पुष्टि भएको छ ।

ती महिला दलित नभई कोइरी (महतो) समुदायकी रञ्जिता महतो भएको खुलेको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगञ्ज टोलस्थित फुलजोर खोलाको छठघाटमा खिचिएको यो तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

स्थानीय इन्द्र कोइरालाले उक्त भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि भाइरल बनेको थियो । उनका अनुसार, हरेक वर्ष स्थानीयले ५०० देखि एक हजार रुपैयाँ चन्दा संकलन गरी सामूहिक रूपमा टेन्ट पण्डालमा छठ पर्व मनाउने गर्छन् ।

यसपटक आर्थिक अवस्था कमजोर भएकी रञ्जिताले पहिलोपटक छठ गरेकी थिइन् । उनले पण्डालमा चन्दा तिर्नुभन्दा बाहिर खुला आकाशमुनि नै पूजा गर्ने निधो गरेको कोइरालाले बताए ।

रञ्जिताले आफूसँग कोही पनि चन्दा माग्न नआएको र सामूहिक पूजा नगरी अलग्गै बस्ने निर्णय गरेको बताएकी छन् । यो दृश्य बाहिरबाट हेर्दा वर्गीय विभेदको प्रतीक जस्तो देखिए पनि वास्तविकता भने आर्थिक कठिनाइ रहेको पाइएको छ ।

तस्वीर खिच्ने स्थानीय कोइराला विभेद नभएको दाबी गर्छन् । ‘यो कुनै जातीय विभेद होइन । रञ्जिताजीको आर्थिक अवस्था कमजोर हो । उहाँले नै भन्नुभयो- पैसा तिर्नुभन्दा खुला आकाशमुनि छठ गर्छु । उहाँका आफन्त अगाडिको मन्दिरमा पुजारी छन्,’ कोइराला तर्क गर्छन् ।

तस्वीर २

छठ पर्वका क्रममा खिचिएको अर्को तस्वीर पनि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । तस्वीरमा दुईजना महिला छठघाटमा पूजा सामग्रीसहित बसेका देखिन्छन् ।

घाटमा उखु गाडिएको छैन भने पछाडिपट्टि टेन्ट पण्डाल र त्यसभित्र मानिसहरू राम्रो पहिरनमा कुराकानी गरिरहेको र बालबालिका खेलिरहेको देखिन्छ ।

तस्वीरले सामाजिक सञ्जालमा चर्चा मात्र होइन, आलोचनासमेत निम्त्याएको छ । केही प्रयोगकर्ताले दलित भएकै कारण ती महिलाहरू बाध्य भएर खुला आकाशमुनि एक्लै छठ मनाइरहेको भन्दै असन्तोष प्रकट गरेका छन् ।

यो दृश्य रौतहटको यमुनामाई नगरपालिका–३ राजपुर तुल्सी टोलस्थित झाँझ खोला किनारको छठघाटको हो ।

तस्वीरमा देखिएकी पहेँलो सारी लगाएकी महिला ब्रतालु स्थानीय झमन मल्लिक डोमकी श्रीमती सोनमा देवी मल्लिक हुन् । उनको छेउमा छोरी अनितादेवी मल्लिक बसिरहेकी छन् । तस्वीर त्यहीँका एक स्थानीयले खिचेका हुन् ।

डोम समुदायबाहेक अन्य जातिहरू- मुखिया, कानु, तेली, गिरी, बरही, धोबी, तत्मा लगायतले सामूहिक रूपमा पण्डाल सजाएर छठ मनाएका छन् । त्यही पण्डालको पछाडिपट्टि झमन मल्लिकको परिवारले बेग्लै छठ मनाएको हो । कारण हो, जातीय विभेद तथा छुवाछुतको ।

मधेशमा दलित समुदायभित्र पनि डोमहरू अत्यन्त पछाडि परेका मानिन्छन् । सो ठाउँमा झमन मल्लिकसहित ती घरपरिवार डोम समुदायका छन् । झमनको परिवारले मात्र छठ मनाउँछन् । गत वर्षसम्मसम्म उनको परिवार पनि सामूहिक पण्डालमै छठ मनाउँथे । तर छुवाछुतको कारण गतवर्ष विवाद भएको र त्यसका कारण यसवर्ष पण्डालभित्र छठ गर्न नदिएको सोनम देवी मल्लिकले गुनासो गरिन् ।

‘गतवर्ष छुवाछुतकै कारण विवाद भएको थियो । त्यसकारण यसवर्ष हामीलाई पण्डालमा छठ गर्न दिएनन् । हामी डोम भएकै कारण बस्न नदिएको हो,’ उनले अनलाइनखबरसँग भनिन् ।

उनका अनुसार तस्वीर भाइरल भएर आलोचना हुन थालेपछि पूजा समितिसहित स्थानीयले स्वेच्छाले अलग्गै घाटमा बसेको भनेर झुटो बोल्न दबाब र धम्की दिने गरेका छन् ।

‘अहिले भन्छ झुटो बोल, नभए गाउँबाट पनि निकाला गर्छौं । एक घर डोम, त्यसमा पनि पाँच वर्षअघि किनेको जग्गाको लफडा छ । डोम भएकै कारण कसैले साथ दिएको छैन,’ उनले दुखेसो पोखिन् ।

यता छठ पूजा समितिका अध्यक्ष तथा शिक्षक सीताराम साहले भाइरल भइरहेको तस्वीरमा देखिए जस्तो जातीय विभेद नभएको दाबी गरे । उनका अनुसार समितिमा ९ सदस्यमध्ये चार जना दलित समुदायका छन्, जसमा सचिव कृष्णानन्दन बैठा छन् ।

‘उहाँ ३ बजेतिर घाटमा आउनुभयो । कहाँ बस्ने भनेर सोध्नुभयो । हामीले ‘जहाँ सहज लाग्छ त्यहीँ बस्नुस्’ भनेका थियौं,’ अध्यक्ष साहले भने, ‘तर उहाँले आफैं छुट्टै बस्ने भन्नुभयो । हामीले सँगै बस्न भन्दा मान्नु भएन । अहिले केही व्यक्तिहरूले तस्वीर भाइरल गरेर गलत प्रचार गरिरहेका छन् ।’

उनले जातीय विभेद भएको कुरा प्रमाणित भए कारबाहीको लागि तयार रहेको उनले दाबी गरे ।

यो तस्वीरबारे संस्कृतिका जानकार रोशन जनकपुरी छठ पनि हिन्दू वर्णाश्रमी पर्व नै भएको तर्क गर्छन् । ‘जतिसुकै समानताको राग अलापे पनि यस दृश्यले हिन्दू वर्णाश्रम र जातीय विभेदको अमानवीयता छर्लङ्ग हुन्छ । एकातिर बाँकी समुदायगत खुसी छ, अर्कोतिर अछुतको सीमान्तीकरण, बहिष्कृत एकाकीपना र छठ मैयाँ रिसाउँछन् भन्ने भयको कारण गरिबीमा पनि छठ मनाउने बाध्यता छ,’ उनले भने ।

जनकपुरी थप्छन्, ‘सांस्कृतिक उत्सव र पर्वहरूले खुसी, हार्दिकता र मानवीय अपनत्व बढाउनुपर्ने होइन र ? एक्काइसौं शताब्दीमा आएर पनि यस्तो दृश्य देखिनु सामाजिक कलंक र विडम्बना हो । हाम्रो सामाजिक संरचनामा सुधार गर्नुपर्ने धेरै छन् । विचार गरौँ ।’

माथिका दुई तस्वीर पोस्ट गर्दै चमार समुदायका पहिलो डाक्टर रामजीराम लेख्छन् ‘यस्ता विभेद देखेको पहिलो पटक होइन, भोगेको पनि पहिलो पटक होइन । यी बारम्बार हरेक छठ घाटहरूमा देखिन्छन् । भेटिन्छन् ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More